अमृतको रिहाइका लागि परिवारले भारतीय दूतावासलाई पनि गरेको थियो आग्रह
काठमाडौँ । इरानको जेलमा रहेका (हाल रिहा भएका भनिएको) अमृत झाको रिहाका लागि पहल गरिदिन उनको परिवारले नेपालस्थित भारतीय दूतावासलाई पनि पत्र लेखेको पाइएको छ ।
अमृतकी दिदी पूजाले भारतीय राजदूतलाई सम्बोधन गर्दै अप्रिल ३ मा नै पत्र लेखेकी थिइन् । इरानमा अलपत्र परेर बुधबार रिहा भएका भनिएका नेपाली नागरिक अमृतको हस्तान्तरण तथा स्वदेश फिर्ती प्रक्रियामा सहयोग गर्न पत्रमार्फत आग्रह गरिएको हो ।
इरानको वर्तमान अवस्था तथा नेपाली नागरिकका लागि सीमित प्रत्यक्ष कूटनीतिक प्रतिनिधित्व रहेको परिस्थितिलाई ध्यानमा राख्दै, उनको सुरक्षाको सुनिश्चितता गर्दै नेपाल फिर्ता ल्याउने व्यवस्था मिलाउन पत्रमा आग्रह गरिएको उल्लेख छ ।
त्यसअघि अमृतका परिवारले सुशीला कार्की नेतृत्वको सरकारको पालामा रहेका तत्कालीन परराष्ट्रमन्त्री बालानन्द शर्मालाई भेटेर रिहाका लागि पहल गरिदिन पत्र बुझाएको थियो । त्यस्तै कन्सुलर विभागमा पनि पत्र बुझाएको थियो ।
परराष्ट्र मन्त्रालयले अमृत झा रिहा भएको जानकारी अनौपचारिक रुपमा प्राप्त भएको बताएको छ । अमृतलाई नेपाल ल्याउने पहल भइरहेको भने पनि उनको परिवारले अमृत रिहाको खबर बाहिर आए पनि हालसम्म आफूहरुको सम्पर्कमा नआएको गुनासो गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महेन्द्र राजमार्गको चन्द्रौटा–कोहलपुर खण्ड चार लेनमा स्तरोन्नति गरिँदै
-
भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति पौडेल
-
महाराजगन्ज–धोबीखोला सडक खण्डमा ज्याकारान्डा रोपण
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण