अमेरिका–इरान वार्तामा पाकिस्तानको भूमिकालाई चीनको ‘पूर्ण समर्थन’
इस्लामाबाद । चीनले अमेरिका र इरानबिच वार्ता गराउने पाकिस्तानी प्रयासलाई पूरा समर्थन गर्ने बताएको छ ।
पाकिस्तानका लागि चिनियाँ राजदूत जियाङ जाइदोङले अमेरिका र इरानबिच सम्भावित शान्ति वार्तालाई सहज बनाउन पाकिस्तानले खेलिरहेको भूमिकालाई चीनको 'पूर्ण समर्थन' रहेको बताएका छन् ।
पाकिस्तानको विदेश मन्त्रालयका अनुसार पाकिस्तानी उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशक दार र चिनियाँ राजदूतबिच भएको भेटमा क्षेत्रीय अवस्थाबारे छलफल भएको थियो । सो क्रममा चीनले अमेरिका–इरानबिच संवाद अघि बढाउन पाकिस्तानले निरन्तर गरिरहेको प्रयासको प्रशंसा गरेको जनाएको छ ।
यस्तो पहलले क्षेत्रीय मात्र नभएर अन्तर्राष्ट्रियस्तरमै शान्ति र स्थायित्व कायम गर्न योगदान पुर्याउने विश्वास व्यक्त गरेको चिनियाँ पक्षले बताएको छ । पाकिस्तान यतिबेला इरान र अमेरिकाबिच दोस्रो चरणको वार्ता गराउन लागि परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डीआर कङ्गोले रच्यो इतिहास, पहिलोपटक विश्वकपकाे नकआउट चरणमा
-
गोलरहित बराबरीसँगै कोलम्बिया र पोर्चुगल नकआउट चरणमा
-
डीआर कङ्गोका चर्चित फुटबल समर्थकलाई अमेरिकी भिसा अस्वीकृत
-
कङ्गोको पुनरागमन, उज्बेकिस्तानविरुद्ध २–१ को अग्रता
-
नेपालबाट भारततर्फ तस्करी हुँदै गरेको २ किलो अफिमसहित दुई नेपाली र एक भारतीय पक्राउ
-
अमेरिकाले गर्दैछ लगातार दोस्रो दिन पनि इरानमाथि बमबारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण