वनमा लागेको आगो बस्तीमा पस्दा दुई घरमा क्षति, अशक्त व्यक्तिको सकुशल उद्धार
सुर्खेत। सल्यानको शारदा नगरपालिका–४ स्थित साल टाकुरी सामुदायिक वनमा लागेको आगो नजिकैको बस्तीमा प्रवेश गरेको छ।
आगो बस्तीमा पसेपछि दुई वटा घरमा क्षति पुगेको सल्यान प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मंगलबार दिउँसो १२ बजेदेखि वनमा आगो लागेको थियो।
‘डढेलोका कारण स्थानीय ५२ वर्षीया गायत्रा विष्टको भान्सा कोठा जलेर आंशिक क्षति भएको छ,’जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता रमेश खत्रीले भने, ‘सोही घरभित्र रहेका शारीरिक र मानसिक रूपमा अशक्त २८ वर्षीय गिर्रिराज विष्टलाई सुरक्षाकर्मीले सकुशल उद्धार गरेको छ ।’
त्यसैगरी डढेलोबाट स्थानीय ५३ वर्षीय खिमबहादुर डाँगीको घरमा पनि सामान्य क्षति पुगेको उनले बताए। डढेलो नियन्त्रणका लागि ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो। जिल्ला प्रहरी कार्यालय सल्यानबाट प्रहरी सहायक निरीक्षक सुजन खड्का र प्रहरी वरिष्ठ हवलदार युगराज बस्नेतको नेतृत्वमा १९ जना, नेपाली सेनाका सह–सेनानी रमेश थापाको नेतृत्वमा २५ जना र सशस्त्र प्रहरी बलका प्रहरी नायब निरीक्षक शिव सेजुवालको नेतृत्वमा १० जना गरी कुल ५४ जना सुरक्षाकर्मी खटिएका थिए।
प्रहरीका अनुसार आगलागीबाट मानवीय र चौपाया क्षति भने हुन पाएको छैन । जिल्ला प्रहरी कार्यालयबाट करिब ३ किलोमिटर पश्चिममा रहेको उक्त वनमा लागेको आगो बस्तीतर्फ सोझिएपछि केही समय त्रास फैलिएको थियो ।
हाल स्थिति सामान्य रहेको र बेलुका ५ बजेतिर आगलागी पूर्ण रूपमा साम्य भइसकेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्युनिसियाको पोस्टमा बेल्जियमको गोल वर्षा
-
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबिच भेटवार्ता
-
आज राति १५ वर्षपछि भेट्दै छन् चिली र पोर्चुगल
-
दैलेखमा अतिक्रमित संरचना शीघ्र हटाउने विषयमा जुट्यो सहमति
-
रास्वपा सुनसरीको अधिवेशनमा हात हालाहाल
-
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो – प्रधानमन्त्री बालेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण