आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

चुरियामाई क्षेत्रमा अतिक्रमित सडक तीन दिनभित्र खाली गर्न अनुरोध

मङ्गलबार, ०८ वैशाख २०८३, २२ : १६
मङ्गलबार, ०८ वैशाख २०८३

वीरगञ्ज । सडक डिभिजन हेटौँडाले महेन्द्रराजमार्गको पथलैया चुरियामाई ३ नम्बर पुल र चुरिया माईमन्दिर क्षेत्रमा अनधिकृत तवरले निर्माण गरिएका घर टहरा तीन दिनभित्र हटाउन अनुरोध गरेको छ ।

सडक डिभिजनका डिभिजन प्रमुख गुरूप्रसाद अधिकारीले सोमबार सार्वजनिक सूचना जारी गरेर तीन दिनभित्र पथलैया चुरियामाई ३ नम्बर पुल र चुरिया माईमन्दिर क्षेत्रमा सडकबिच भागबाट दायाँ–बायाँ २५/२५ मिटर सीमाभित्र अनधिकृत तवरले निर्माण गरिएका घर टहरा हटाउनका लागि अनुरोध गरेका छन् ।

उनले अटेर गरी आदेश कार्यान्वयन नगरेमा सार्वजनिक सडक ऐन, २०३१ र प्रचलित नेपाल कानुनबमोजिम कारबाही हुने बताए । कार्यालयले सडक विभागको स्वीकृति प्राप्त नगरी सार्वजनिक सडक र सडक सीमाभित्र अनधिकृत तवरले निर्माण गरिएका घर/टहरा हटाउनका लागि यसअघि विसं २०७३ पुस १८ गते र २०८० असार ९ गतेलगायतका विभिन्न मितिमा डिभिजन कार्यालयले सार्वजनिक सूचना जारी गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप