स्ट्रेट अफ होर्मुजमा जहाजमाथि गोली प्रहार
बुधबार, ०९ वैशाख २०८३, १३ : १३
सारांश
- इरानको इस्लामिक रिभोलुशनरी गार्ड कप्र्सले स्ट्रेट अफ होर्मुजमा एउटा कन्टेनर जहाजमाथि गोली प्रहार गरेको छ।
- कुनै पूर्व चेतावनीबिना चलाइएको गोलीका कारण जहाजको नियन्त्रण कक्षमा गम्भीर क्षति पुगेको छ।
- घटनामा जहाजका सबै क्रु सदस्यहरू सकुशल रहेका छन् भने कुनै वातावरणीय क्षतिको विवरण आएको छैन।
तेहरान । इरानले स्ट्रेट अफ होर्मुजमा जहाजमाथि गोली प्रहार गरेको छ । यूके मेरिटाइम ट्रेड अपरेसन (यूकेएमटीओ) का अनुसार इस्लामिक रिभोलुशनरी गार्ड कप्र्स (आईआरजीसी) को ‘गन बोट’ ले स्ट्रेट अफ होर्मुज भएर गइरहेको एउटा कन्टेनर जहाजमाथि गोली प्रहार गरेको हो ।
रोयल नेभीको नेतृत्वमा सञ्चालित यूकेएमटीओले जनाएको अनुसार उक्त घटना ओमानको उत्तर–पूर्वतर्फ करिब १५ नटिकल माइल दूरीमा भएको हो । रिपोर्टअनुसार आईआरजीसीको एउटा ‘गन बोट’ जहाज नजिक पुगेको थियो ।
सामान्यतया गरिने रेडियो सम्पर्क भीएचएफ चेतावनीबिनै सो बोटले जहाजमाथि सिधै गोली चलाएको बताइएको छ । यस आक्रमणका कारण जहाजको नियन्त्रण कक्षमा गम्भीर क्षति पुगेको यूकेएमटीले जनाएको छ ।
यस घटनामा अहिलेसम्म आगलागी वा वातावरणीय क्षतिको खबर आएको छैन । जहाजका सबै क्रु सदस्य सकुशल रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्जेन्टिना शतप्रतिशत जितसहित समूह विजेता, अस्ट्रिया र अल्जेरिया पनि नकआउट चरणमा
-
बेन्चबाट आएर फेरि चम्किए मेसी, विश्वकपमा गोल संख्या १९ पुग्यो
-
मेसीको गोलसँगै अर्जेन्टिना जितनजिक
-
बाढी, पहिरो र मर्मतका कारण अवरुद्ध छन् यी राजमार्ग
-
मेसी मैदान प्रवेश गर्दा डलास स्टेडियम गुञ्जियो
-
जोर्डनले हान्यो पहिलो गोल, अर्जेन्टिनाको अग्रता कायमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण