स्ट्रेट अफ होर्मुजमा जहाजलाई निशाना बनाउँदै इरान
काठमाडौँ । इरानले स्ट्रेट अफ होर्मुजमा आक्रमण तीव्र पारेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानको अनुरोधमा इरानसँगको युद्धविराम लम्ब्याएको घोषणा गरेको केही घण्टापछि यी आक्रमण भएका हुन् ।
बेलायतको समुद्री व्यापार हेर्ने संस्था यूकेएमटीओका अनुसार बुधबार बिहान स्ट्रेट अफ होर्मुज क्षेत्रमा कम्तीमा तीन वटा कन्टेनर जहाजमाथि गोली प्रहार गरिएको छ ।
रिपोर्टअनुसार इस्लामिक रिभोलुशनरी गार्ड कप्र्स (आईआरजीसी)सँग सम्बन्धित गनबोटले ओमानको उत्तर–पूर्वतर्फ लाइबेरियामा दर्ता भएको एक जहाजलाई लक्षित गर्दै गोली तथा रकेट–प्रोपेल्ड ग्रेनेड प्रहार गरेको थियो ।
यसबाट जहाजको ब्रिजमा क्षति पुगेको छ । यद्यपि जहाजमा आगलागी वा वातावरणीय क्षति नभएको र सबै चालक दल सुरक्षित रहेको जनाइएको छ ।
सुरक्षा स्रोतहरूका अनुसार उक्त गनबोटमा तीन जना सवार थिए । जहाजका कप्तानले आक्रमणअघि कुनै रेडियो सम्पर्क नभएको र सुरुमा स्ट्रेट पार गर्न अनुमति दिइएको जानकारी पाएको बताएका छन् ।
यूकेएमटीओले अर्को घटनामा इरानको पश्चिमतर्फ करिब ८ नटिकल माइल दूरीमा पनामामा दर्ता भएको दोस्रो जहाजमाथि पनि गोली प्रहार भएको जनाएको छ ।
यस घटनामा जहाजमा कुनै क्षति नभएको र चालक दल सुरक्षित रहेको छ । त्यस्तै तेस्रो घटनामा पनि इरान नजिकैबाट बाहिरिँदै गरेको अर्को लाइबेरियामा दर्ता भएको जहाजमाथि गोली प्रहार गरिएको थियो । उक्त जहाज रोकिन बाध्य भए पनि कुनै क्षति नभएको र चालक दल सुरक्षित रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्जेन्टिना शतप्रतिशत जितसहित समूह विजेता, अस्ट्रिया र अल्जेरिया पनि नकआउट चरणमा
-
बेन्चबाट आएर फेरि चम्किए मेसी, विश्वकपमा गोल संख्या १९ पुग्यो
-
मेसीको गोलसँगै अर्जेन्टिना जितनजिक
-
बाढी, पहिरो र मर्मतका कारण अवरुद्ध छन् यी राजमार्ग
-
मेसी मैदान प्रवेश गर्दा डलास स्टेडियम गुञ्जियो
-
जोर्डनले हान्यो पहिलो गोल, अर्जेन्टिनाको अग्रता कायमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण