गगनले आधिकारिकता पाएपछि पूर्णबहादुरले बोलाए आफूपक्षीय निवर्तमान केन्द्रीय सदस्यहरूको बैठक
सारांश
- सर्वोच्च अदालतले गगन थापा नेतृत्वको केन्द्रीय समितिलाई आधिकारिकता दिएपछि पूर्णबहादुर खड्काले निवर्तमान केन्द्रीय सदस्यहरूको भेला बोलाएका छन्।
- वैशाख १५ गते महाराजगन्जस्थित स्मार्ट होटलमा हुने सो बैठकमा समसामयिक राजनीति र भावी कार्यदिशाबारे छलफल हुनेछ।
काठमाडौँ । नेपाली कांग्रेसको निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतले विशेष महाधिवेशनबाट सभापति चयन भएका गगन थापा नेतृत्वको केन्द्रीय समितिलाई आधिकारिकता दिएपछि आफू पक्षीय निवर्तमान केन्द्रीय सदस्यहरूको बैठक बोलाएका छन्। वैशाख १५ गते निवर्तमान केन्द्रीय सदस्यहरूको बैठक बोलाइएको निवर्तमान केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले जानकारी दिइन् ।
‘पूर्णबहादुर दाइले वैशाख १५ गते महाराजगन्जस्थित स्मार्ट होटलमा निवर्तमान केन्द्रीय सदस्यहरूको बैठक बोलाएकाले उपस्थित हुन भनेर खबर आएको छ,’ खतिवडाले रातोपाटीसँग भनिन्, ‘समसामयिक राजनीतिबारे छलफल हुने भनिएको छ ।’
अब कसरी अगाडि बढ्ने भन्ने विषयमा बैठकमा छलफल हुने खतिवडाले बताइन् ।
कांग्रेसले अनुशासन उल्लङ्घन गरेको अभियोगमा पूर्वकार्यवाहक सभापति खड्कालाई स्पष्टिकरण सोधेको छ । कद्काले स्पष्टिकरणको जवाफ नदिंदै वैशाख ६ गते सभापति थापाले खड्काको निवासमै पुगेर उनीसँग छलफल गरेका थिए । संस्थापनले कसरी अगाडि बढ्ने भन्ने प्रस्ताव नल्याउँदै खड्काले आफू पक्षका निवर्तमान केन्द्रीय सदस्यहरूको बैठक बोलाएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घानाविरुद्ध क्रोएसियालाई महत्त्वपूर्ण अग्रता
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
समूह ‘एल’ को निर्णायक भिडन्त: नकआउट चरणका लागि क्रोएसियाको अन्तिम कसरत
-
भेनेजुएला भूकम्प: मृतकको सङ्ख्या १,४३० पुग्यो
-
आरोही फुञ्जो बनिन् पर्यटन सद्भावना दूत
-
१२ बजे १२ समाचार: मल खरिदमा चलखेल, चक्रपथ दोस्रो खण्ड विस्तारका लागि सुरु भएन टेन्डर प्रक्रिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण