भ्रामक सूचनाविरूद्ध कडा कदम चाल्ने सरकारको चेतावनी
सारांश
- सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनलाइन मिडिया र सामाजिक सञ्जालमा बढ्दो भ्रामक सामग्रीप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ।
- सरकारले आधारहीन र मिथ्या सूचना फैलाउनेहरूलाई प्रचलित कानुन बमोजिम कडा कारबाही गर्ने चेतावनी दिएको छ।
- मन्त्रालयले सर्वसाधारणलाई कुनै पनि सामग्री साझा गर्नुअघि त्यसको सत्यता जाँच गर्न र आधिकारिक स्रोतबाट मात्र सूचना लिन अपिल गरेको छ।
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पछिल्लो समय अनलाइन मिडिया र सामाजिक सञ्जालहरूमा आधारहीन, मिथ्या तथा भ्रामक सामग्रीहरूको प्रसार बढ्दै गएको भन्दै गम्भीर ध्यानाकर्षण जनाएको छ।
मन्त्रालयले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा यस्ता कपोलकल्पित सूचना सामग्रीहरूले आम नागरिकमा भ्रम सिर्जना गर्नुका साथै समाजमा नकारात्मक मनोविज्ञान फैलाउने कार्य गरिरहेको उल्लेख गरिएको छ। सरकार यस्ता गतिविधिलाई अत्यन्त गम्भीर रूपमा लिइरहेको जनाउँदै भ्रामक सामग्री प्रकाशन तथा प्रसारण गर्नेहरूमाथि कडा निगरानी गरिने बताइएको छ।
विज्ञप्तिमा सबै सञ्चारमाध्यम, संस्था तथा व्यक्तिहरूलाई आधिकारिक स्रोतबाट पुष्टि नभएका समाचार वा सूचना प्रकाशन तथा प्रसारण नगर्न आग्रह गरिएको छ। आधारहीन तथा मिथ्या सामग्री प्रकाशन गरेको पाइएमा सम्बन्धित व्यक्ति वा संस्थालाई प्रचलित कानूनअनुसार कारबाही गरिने मन्त्रालयले चेतावनी दिएको छ। यस क्रममा विद्युतीय कारोबार ऐन लगायतका कानुनी प्रावधानहरू प्रयोग गरिने विज्ञप्तिमा उल्लेख छ।
त्यसैगरी मन्त्रालयले सर्वसाधारणलाई पनि यस्ता भ्रामक सामग्री फैलाउन सहयोग पुग्ने गतिविधिबाट टाढा रहन आग्रह गरेको छ। सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई कुनै पनि सामग्री साझा गर्नुअघि त्यसको सत्यता र आधिकारिकता अनिवार्य रूपमा जाँच गर्न सुझाव दिइएको छ।
मन्त्रालयले भ्रामक सूचना सम्बन्धी गुनासो वा जानकारीका लागि आफ्नो आधिकारिक वेबसाइटमा रहेको 'सामाजिक सञ्जाल गुनासो दर्ता' पोर्टलमार्फत उजुरी दिन सकिने व्यवस्था रहेको जनाएको छ। साथै आवश्यक परेमा फोन वा इमेलमार्फत पनि सम्पर्क गर्न सकिने जानकारी दिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ
-
अपराध अनुसन्धानमा सूचनाप्रविधिको प्रयोग सहजतासँगै चुनौती
-
कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै
-
मलेसियामा फिफा विश्वकपसँग सम्बन्धित सट्टेबाजीमा संलग्न ३३१ जना पक्राउ
-
आँप पकाउन क्याल्सियम कार्बाइड प्रयोग नभएको पुष्टि
-
‘असारे पानी साउने झरी’ मा सन्दीप र बिनाको रोमान्स
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण