खोटेहाङ गाउँपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने
सारांश
- खोटेहाङ गाउँपालिकाले आइतबार पनि विद्यालय खोल्ने निर्णय गरेको छ।
- पाठ्यक्रम पूरा गर्न नसकिने भएकाले गाउँपालिकाले पठनपाठन जारी राख्ने जनाएको छ।
- शिक्षा समितिको बैठकले भर्ना अभियान र पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको हो।
खोटाङ । यहाँको खोटेहाङ गाउँपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने भएको छ । विद्यमान पाठ्यक्रमअनुसार दुई दिनको सार्वजनिक बिदाले निर्धारित पाठ्यभार पूरा गर्न नसकिने जनाउँदै गाउँपालिकाले यही वैशाख १३ गतेदेखि सबै विद्यालयमा पठनपाठनका लागि कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।
वैशाख १० गतेसम्म भर्ना अभियान र १३ गते आइतबारदेखि पठनपाठन सञ्चालन गर्ने गाउँपालिकाका शिक्षा संयोजक तथा वडा नं ६ इन्द्रेणीपोखरीका वडाध्यक्ष वसन्त राईले जानकारी दिए । गाउँपालिकामा मङ्गलबार बसेको गाउँ शिक्षा समितिको बैठकले सो निर्णय गरेको हो ।
नेपाल सरकार, मन्त्रिपरिषद्को गत चैत १२ गतेको बैठकले शनिबार र आइतबार हप्ताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को निर्णयअनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरले गत चैत २६ गते ७७ वटै जिल्लामा सरकारले दिएको निर्देशन पालना गर्न पत्राचार गरेको थियो ।
यहाँका दश स्थानीय तहमा ४८३ सामुदायिक तथा १६ वटा निजी विद्यालय सञ्चालनमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौँ : महामन्त्री बुर्लाकोटी
-
इरान भन्छ– अमेरिकाको विरोधाभासी अडान नै वार्ताको मुख्य समस्या
-
एमालेको पुनर्गठन किन र कसरी ?
-
धर्मपुत्री बन्न १२ वर्षकी बालिका बनेर परिवार झुक्याउने ३७ वर्षीया महिला पक्राउ
-
बिहानै कालो कफी पिउनु कति सुरक्षित ?
-
बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण