आठ महिलाको मृत्युदण्ड रोकेको ट्रम्पको दाबी इरानद्वारा खारेज
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आठ महिलाको मृत्युदण्डको सजाय रोक्न सहमति जनाएको दाबी गरेका छन्।
- इरानले ट्रम्पको उक्त दाबीलाई पूर्ण रूपमा निराधार र कपोलकल्पित भन्दै खारेज गरिदिएको छ।
- इरानी न्यायपालिकाले कसैलाई पनि मृत्युदण्डको सजाय नतोकिएको स्पष्ट पारेको छ।
तेहरान । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आफ्नो सम्मानका लागि आठ महिला आन्दोलनकारीको मृत्युदण्डको सजाय रोक्न सहमति जनाएको दाबी गरेका छन्। बुधबार सामाजिक सञ्जालमा एक पोस्ट गर्दै ट्रम्पले इरानको यो कदमलाई ‘धेरै राम्रो समाचार’ भनेका छन्।
उनले ती आठमध्ये चार महिला तत्काल रिहा हुने र बाँकी चारलाई एक महिनाको जेल सजाय हुने बताएका छन्। अमेरिकी र इजरायली सैन्य कारबाहीका बिच आफूले एकतर्फी युद्धविराम घोषणा गरेको भोलिपल्टै ट्रम्पले इरानी नेतृत्वले आफ्नो अनुरोधलाई स्वीकार गरेको भन्दै धन्यवाद समेत दिएका छन्।
यद्यपि, इरानले ट्रम्पको यो दाबीलाई पूर्ण रूपमा निराधार र कपोलकल्पित भन्दै खारेज गरिदिएको छ। तेहरानले ती महिलाहरूलाई मृत्युदण्ड दिने कुनै योजना नै नरहेको प्रष्ट पार्दै अमेरिकी राष्ट्रपतिले झुटो समाचार फैलाएर आफ्नो साख जोगाउन खोजेको आरोप लगाएको छ। इरानी न्यायपालिकाको आधिकारिक समाचार एजेन्सी ‘मिजान’ ले ट्रम्पको यो दाबीलाई जवाफ दिँदै रणभूमिमा केही गर्न नसकेपछि झुटो समाचारको सहारा लिएर उपलब्धि देखाउन खोजेको टिप्पणी गरेको छ।
पछिल्लो समय इरानले विश्वको २० प्रतिशत तेल र ग्यास ढुवानी हुने महत्त्वपूर्ण मार्ग स्ट्रेट अफ होर्मुज खोल्न अस्वीकार गरेपछि ट्रम्प आक्रोशित देखिएका छन्। आफूले अप्रिल ८ मा घोषणा गरेको र मंगलबार थप गरेको युद्धविरामका बावजुद इरान टसमस नभएपछि ट्रम्पले महिला बन्दीको विषयलाई अघि सारेको विश्लेषण गरिएको छ।
मिजानका अनुसार ट्रम्प इरान विरोधी समूहले फैलाएको गलत सूचनाको जालमा फसेका छन्। इरानले कुनै पनि सम्झौता वा सहुलियत नदिएको दाबी गर्दै मिजानले केही महिलाहरू पहिले नै रिहा भइसकेको र केहीले जेल सजाय भोगिरहेको भए पनि कसैलाई मृत्युदण्डको सजाय नतोकिएको स्पष्ट पारेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोटीमा करेन्ट लागेर एक जनाको मृत्यु
-
फस्ट हाफमा जोर्डनविरुद्ध अर्जेन्टिना २–० ले अगाडि, अल्जेरिया–अस्ट्रिया बराबरीमा
-
पहिरोले मेची राजमार्गको राजदुवाली खण्ड अवरुद्ध
-
ट्राफिक कारबाहीमा पाँच लाख ११ हजार राजस्व सङ्कलन
-
नक आउट चरणमा पोर्चुगल र क्रोएसिया भिड्ने पक्का
-
प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण