बुधबार, २७ जेठ २०८३
ताजा लोकप्रिय

हिमाली जिल्लाको शैक्षिक सत्र फेर्न माग

शुक्रबार, ११ वैशाख २०८३, ११ : ४९
शुक्रबार, ११ वैशाख २०८३

सारांश

  • मुस्ताङबाट निर्वाचित सांसद योगेश गौचनले हिमाली जिल्लाहरूको शैक्षिक सत्र फागुनबाटै सुरु गर्न माग गरेका छन्।
  • अत्यधिक चिसोका कारण पठनपाठनमा बाधा पुग्ने भएकाले फागुनदेखि मङ्सिरसम्म शैक्षिक सत्र कायम गर्न माग गरिएको हो।
  • शिक्षा मन्त्रीसँगको भेटमा हिमाली जिल्लाहरूको शैक्षिक सत्र फेर्ने विषयमा सहमति भएको बताइएको छ।

पोखरा । हिमाली जिल्लाको शैक्षिक सत्र फेर्न माग गरिएको छ । मुस्ताङबाट निर्वाचित सांसद योगेश गौचनले मुस्ताङ लगायतका सबै हिमाली जिल्लाहरूको विशिष्ट भौगोलिक अवस्थितिलाई ध्यानमा राख्दै यही शैक्षिक सत्रदेखि फागुन महिनाबाटै नयाँ शैक्षिक सत्र सुरु गर्न माग गरेका हुन् ।

हिमाल जिल्लाका सांसदहरू र शिक्षा मन्त्रीबिच भएको भेटमा शैक्षिक सत्र फेर्न सहमति भएको गौचनले बताए । उनले चैत २२ गते शिक्षा मन्त्री सस्मित पोखरेललाई ध्यानाकर्षण पत्र बुझाउँदै हिमाली जिल्लाहरूको शैक्षिक सत्र फागुनदेखि मङ्सिरसम्म कायम गर्न माग गरेका थिए ।

यसअघि शिक्षा तथा मानव स्रोत विकास केन्द्रको २०७९ सालको पत्र अनुसार देशभर वैशाखदेखि शैक्षिक सत्र सुरु गर्ने व्यवस्था गरिएको थियो । 

तर, हिमाली जिल्लाहरूमा पुस र माघ महिनामा अत्यधिक चिसो हुने, केही उच्च क्षेत्रका बासिन्दाहरू जाडो छल्न अन्यत्र सर्ने र पठनपाठन तथा परीक्षा सञ्चालनमा समेत अवरोध पुग्ने गरेकाले विद्यार्थीहरूको शैक्षिक गुणस्तर खस्किरहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप