आफ्नै गीतको प्रस्तुतिमा प्रहरी महानिरीक्षक कार्की भावुक बनेपछि...
सुर्खेत । नेपाल प्रहरी संगठन प्रमुख प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले शुक्रबार वीरेन्द्रनगरस्थित नेपाल पुलिस स्कुलको भवन उद्घाटन गरे ।
त्यस क्रममा कार्कीकै रचना गरेको गीत ‘आम म त फर्केर आएँ..’बोलेको गीतमा विद्यार्थीले प्रस्तुति राखे ।
‘आमा म तफर्केर आएँ..
खरानीबाट उठेर आएँ..’
उनीहरुले प्रहरीकै पोसाक प्रस्तुति राखेका थिए । कार्कीले गत भदौको जेनजी आन्दोलनपछि यो गीतको रचना गरेका थिए ।
मञ्चमा विद्यार्थीले निकै गहन तरिकाले प्रस्तुति हेर्दै गर्दा सोफामा बसिरहेका कार्की एकाएक भावुक देखिए । उनले आफ्ना आँखाका आँसु थाम्न सकेनन् ।
उनीसँगै रहेका अन्य विभिन्न क्षेत्रका प्रतिनिधिहरूले पनि उक्त प्रस्तुतिलाई निकै आकर्षक मानेर हेरिरहेका थिए ।
यसैबिच प्रहरी प्रमुख कार्कीले कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत परिसरमा निर्माण गरिएको सिनियर प्रहरी अधिकृत निवासको भवनको पनि उद्घाटन गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीव्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप
-
संविधान संशोधनको बहस र राजनीतिक सहमतिको औचित्य
-
राष्ट्रिय पशुपन्छी अधिकार दिवस मनाइयो (तस्बिरहरु)
-
विभिन्न स्थानबाट लागूऔषधसहित २३ जना पक्राउ
-
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
-
पोखरा बसपार्क निर्माणका लागि स्थानीय आफैँले हटाउन सुरु गरे संरचना (तस्बिरसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण