शीर्ष स्थानमा बार्सिलोनालाई ११ अंकको अग्रता
काठमाडौं । ला लिगाअन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले गेटाफेमाथि २–० को सहज जित निकालेको छ ।
गेटाफेको घरेलु मैदानमा सम्पन्न खेलमा बार्सिलोनाले उत्कृष्ट प्रदर्शन गर्दै तीन अंक जोडेको हो ।
खेलको पहिलो हाफको अतिरिक्त समयमा फर्मिन लोपेजले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । त्यसपछि दोस्रो हाफमा मार्कस रासफोर्ड ले ७४औं मिनेटमा गोल थप्दै जित सुनिश्चित गरे ।
खेलभर बार्सिलोनाले बल नियन्त्रणमा पूर्ण वर्चस्व जमाएको थियो । उसले ७६ प्रतिशत पोजेसन कायम राख्दै ५६२ पास पूरा गरेको थियो, जसमा ९१ प्रतिशत पास सफल भएका थिए । बार्सिलोनाले कुल १० प्रहार गर्दा ४ प्रहार लक्ष्यमा थिए ।
विपक्षी गेटाफे भने खेलमा कमजोर देखियो । उसले मात्र ३ प्रहार गर्दा १ मात्र अन टार्गेट रह्यो । २४ प्रतिशत मात्र पोजेसन राखेको गेटाफेले १५४ पास खेल्दा ६१ प्रतिशत मात्र सफल बनायो ।
खेलमा दुवै टोलीले समान २–२ पहेंलो कार्ड पाए । यस जितसँगै बार्सिलोना अंकतालिकामा दोस्रो स्थानको रियल मड्रिडभन्दा ११ अंकसहित अगाडि हुन सफल भएको छ । ३३ खेलबाट बार्सिलोनाले ८५ अंक बनाएको छ । समान खेलबाट मड्रिडको भने ७४ अंक मात्र छ । मड्रिड आज बिहान भएको खेलमा रियल बेटिससँग १–१ को बराबरीमा रोकिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी
-
देशभर एक लाख ३७ हजार हेक्टर जमिनमा रोपाइँ
-
देश बदल्न आएको रास्वपालाई महाधिवेशन व्यवस्थापन गर्नै धौधौ
-
विद्यालय स्थानीय दिवा खानाको मात्रा बढाउन साझेदारी घोषणा
-
लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन
-
रास्वपाको महाधिवेशन : ९ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण