शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

पूर्वप्रधानमन्त्री भट्टराईको फेसबुक पेज गायब

आइतबार, १३ वैशाख २०८३, १८ : ३०
आइतबार, १३ वैशाख २०८३

काठमाडौँ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको फेसबुक पेजमा प्राविधिक समस्या देखिएको छ । उक्त पेज रिकभर गर्ने प्रयास भइरहेको उनको सचिवालयले जानकारी दिएको छ । 

सचिवालयले भनेको छ– 'पूर्व प्रधानमन्त्री डा‍. बाबुराम भट्टराईको आधिकारिक फेसबुक पेजमा केही प्राविधिक समस्या देखिएको छ। हाल उक्त पेज पुनःप्राप्त (रिकभर) गर्ने प्रयास जारी रहेको जानकारी सम्पूर्णमा अनुरोध छ।' 

पछिल्लो समय नेपालका चर्चित फेसबुक पेजहरूमा निरन्तर समस्या आइरहेको छ । यसअघि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ फेसबुक पेज पनि हटेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप