बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
फोटोफिचर

सिंहदरबारमा कांग्रेस संसदीय दलको बैठक, तस्बिरमा हेर्नुहोस्

सोमबार, १४ वैशाख २०८३, १४ : २४
सोमबार, १४ वैशाख २०८३

सारांश

  • नेपाली कांग्रेस संसदीय दलको बैठक दलको नेता चयनको विषयमा छलफल गर्न बसिरहेको छ ।
  • बैठकमा नेता चयन सम्बन्धी प्रक्रियालाई अन्तिम रूप दिने र अनुमोदन गर्ने कार्यसूची रहेको छ ।
  • भीष्मराज आङ्दाम्बेको नाम दलको नेताका रुपमा प्रस्ताव गरिएको छ ।

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक अहिले जारी छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बसेको हो ।

उक्त बैठकमा नेता चयन सम्बन्धी प्रक्रियालाई अन्तिम रूप दिने र अनुमोदन गर्ने कार्यसूची रहेको छ ।  त्यसअघि पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेको थियो ।

उक्त बैठकमा दलको नेताका रुपमा भीष्मराज आङ्दाम्बेको नाम प्रस्ताव भएको छ ।  दलको नेतामा सहमति जुटाउन गत शुक्रबार बसेको कार्यसम्पादन समिति बैठकले उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा ७ सदस्यीय समिति बनाएके थियो । 

Congress samsadiya dalko meeting_NPL (3)Congress samsadiya dalko meeting_NPL (4)Congress samsadiya dalko meeting_NPL (5)Congress samsadiya dalko meeting_NPL (6)Congress samsadiya dalko meeting_NPL (7)Congress samsadiya dalko meeting_NPL (8)Congress samsadiya dalko meeting_NPL (9)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप