इन्चार्जकाे जिम्मेवारी दिइएपछि भीम रावल : बुढा पुस्तालाई जिम्मेवारी दिइनु अलि मिलेन
मङ्गलबार, १५ वैशाख २०८३, १४ : ४०
सारांश
- नेकपा नेता डा. भीम रावलले पार्टीले आफूलाई सुदूरपश्चिम प्रदेशको इन्चार्ज तोकेकोमा आपत्ति जनाएका छन्।
- उनले आफूलाई कुनै परामर्श नगरी जिम्मेवारी तोकिएको र बुढा पुस्तालाई जिम्मेवारी दिनु नमिल्ने बताएका छन्।
- रावलले सुदूरपश्चिम प्रदेशमा पनि युवा पुस्तालाई नै इन्चार्जको जिम्मेवारी दिनुपर्ने धारणा राखेका छन्।
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता डा. भीम रावलले पार्टीको कार्य विभाजनमा आफूलाई सुदूरपश्चिम प्रदेशको इन्चार्ज तोकेकोमा असन्तुष्टि जनाएका छन्।
उनले आफूसँग कुनै परामर्श नगरी जिम्मेवारी तोकिएको तथा सबैजसो प्रदेशमा युवालाई इन्चार्ज तोकिए पनि सुदूरपश्चिममा आफू (बुढा पुस्ता) लाई तोकेको भन्दै असन्तुष्टि जनाएका हुन्।
मङ्गलबार सामाजिक सञ्जाल फेसबुकमा रावलले लेखेका छन्, ‘सबैजसो प्रदेशमा युवा पुस्तालाई इन्चार्जको जिम्मेवारी दिइँदा सुदूरपश्चिम प्रदेशमा मात्र बुढा पुस्तालाई जिम्मेवारी दिइनु अलि मिलेन । त्यहाँ पनि युवा पुस्तालाई नै इन्चार्जको जिम्मेवारी दिनु उपयुक्त हुन्छ ।’
पार्टीको केन्द्रीय कार्य संयोजन समितिको बैठकले ७ भूगोल प्रदेश र २ गैर भौगोलिक प्रदेशमा इन्चार्ज र संयोजकहरूको मङ्गलबार टुङ्गो लगाएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पनौतीमा आजदेखि हिले–जात्रा (ज्याःपुन्ही)
-
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुवात
-
सिरुटार र बालकोटलाई गरियो बालमैत्री स्थानीय शासनयुक्त घोषणा
-
१० बजे १० समाचार : ओलीले पठाए आयोगमा पत्र, रास्वपाको प्रस्तावविरुद्ध आन्दोलनको तयारी
-
अफगानिस्तान केन्द्रबिन्दु भएर ६.२ म्याग्निच्युडको भूकम्प, कश्मीरदेखि दिल्लीसम्म धक्का
-
कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण