संसद् अधिवेशन तत्काल बोलाउन सरकारसँग नेकपाको माग
मङ्गलबार, १५ वैशाख २०८३, १७ : ५९
सारांश
- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले संसद् अधिवेशन अन्त्य गरी सरकारले अध्यादेश ल्याउन राष्ट्रपति समक्ष सिफारिस गरेकोमा असन्तुष्टि जनाएको छ।
- नेकपाको केन्द्रीय संयोजन समिति बैठकले तत्काल संसद्को अधिवेशन बोलाउन माग गरेको छ।
- सरकारले संसद्लाई छल्ने गैर-लोकतान्त्रिक कार्य गरेको भन्दै नेकपाले तत्काल संसद् बैठक आह्वान गर्न माग गरेको छ।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले संसद् अधिवेशन अन्त्य गरी सरकारले अध्यादेश ल्याउन राष्ट्रपति समक्ष सिफारिस गरेकोमा असन्तुष्टि जनाएको छ।
मङ्गलबार केन्द्रीय कार्यालय पेरिसडाडामा सम्पन्न केन्द्रीय संयोजन समिति बैठकले तत्काल संसद्को अधिवेशन बोलाउन आग्रह गरेको हो।
‘आफैँले आह्वान गरेको संसद् अधिवेशन आकस्मिक रूपमा स्थगित गरेर अध्यादेश अगाडि बढाउनु संसद्लाई छल्ने सरकारको गैर–लोकतान्त्रिक कार्यको विरोध गर्दै यो बैठक तत्काल संसद्को बैठक आह्वान गर्न माग गर्दछ’, नेकपाले भनेको छ।
साथै सङ्घीय निजामती, विद्यालय शिक्षा लगायतका कानुन निर्माणमा सरोकारवाला पक्षका आवाज सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविको पीएचडीसम्बन्धी नयाँ निर्देशिकाः यस्तो छ सुपरभाइजर हुन चाहिने शोधार्थीको योग्यता
-
सशस्त्र समूहको आक्रमणबाट १७ गाउँलेको हत्या
-
घाँस काट्न रूख चढेकी बालिकाको खसेर मृत्यु
-
धनुषाबाट पेस्तोल र गोलीसहित दुई युवक पक्राउ
-
रास्वपाले संघीयता मास्न लागेको भन्दै आन्दोलनको तयारीमा जुटे मधेसकेन्द्रित नेताहरू
-
आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण