सेनाले लगत सङ्कलन गरेको विषयमा के भने रविले ?
बुधबार, १६ वैशाख २०८३, १७ : १९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुकुम्बासीहरूको लगत सङ्कलन नेपाली सेनाले गरेको विषयमा प्रष्टीकरण दिएका छन् ।
बुधबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सेनाले गरेको कामका विषयमा प्रष्टीकरण दिएका हुन् । राज्यलाई सकारात्मक सोचका साथ गरिएको काम भएको हुनसक्ने उनले विश्वास लिएका छन् ।
‘आफ्ना बारेमा उठेका प्रश्नको सन्दर्भमा नेपाली सेनाले समय समयमा धारणा व्यक्त गर्दै आएको छ । मेरो अनुमानमा कहिले काहीँ राज्य संयन्त्रबाट सूचना प्राप्त गर्न सहज पनि हुनसक्छ । कतिपय संयन्त्रको आ–आफ्नै क्षमता छ । हुनसक्छ अझ बढी सक्रिय भएर लगत सङ्कलन गर्दा सरकारलाई सहज हुनसक्छ । त्यसकारण लगत सङ्कलन कुनै निर्माणका लागि पनि हुन सक्छ । राज्यलाई सघाउने हेतुले सकारात्मक सोचका साथ गरिएको भन्ने मलाई विश्वास छ’, रविले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप समूह ‘एल’ को निर्णायक भिडन्त: अन्तिम ३२ मा क्रोएसियाको अन्तिम कसरत
-
भेनेजुएला भूकम्प: मृतकको सङ्ख्या १,४३० पुग्यो
-
आरोही फुञ्जो बनिन् पर्यटन सद्भावना दूत
-
१२ बजे १२ समाचार: मल खरिदमा चलखेल, चक्रपथ दोस्रो खण्ड विस्तारका लागि सुरु भएन टेन्डर प्रक्रिया
-
थारु जातिको भलमन्सा–बडघर परम्परालाई कानुनी मान्यता
-
स्थानीय उत्पादनको बजारीकरणले मात्रै ग्रामीण अर्थतन्त्र बलियो बन्छ: मुख्यमन्त्री आचार्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण