नेपाली चिकित्सक डा. सुभाष फुयाँल प्रतिष्ठित ‘सर्टिफिकेट अफ एक्सिलेन्स’ सम्मानबाट सम्मानित
सारांश
- नेपाली एन्डोभास्कुलर सर्जन तथा न्यूरोइन्टरभेन्सनलिस्ट डा. सुभाष फुयाँल 'सर्टिफिकेट अफ एक्सिलेन्स' बाट सम्मानित भएका छन् ।
- बेलायतस्थित 'वर्ल्ड बुक अफ रेकर्ड्स, लन्डन' ले न्यूरो-इन्टरभेन्सनमा उनको योगदानको कदर गर्दै सम्मान प्रदान गरेको हो ।
- डा. फुयाँलले 'पिनहोल' प्रविधिमार्फत जीवनरक्षक शल्यचिकित्सा सेवामा उत्कृष्टता प्रदर्शन गरेबापत यो सम्मान पाएका हुन् ।
काठमाडौँ । नेपालका प्रख्यात एन्डोभास्कुलर सर्जन तथा न्यूरोइन्टरभेन्सनलिस्ट डा. सुभाष फुयाँल प्रतिष्ठित अन्तर्राष्ट्रिय सम्मान ‘सर्टिफिकेट अफ एक्सिलेन्स’ बाट सम्मानित भएका छन् । बेलायतस्थित ‘वर्ल्ड बुक अफ रेकर्ड्स, लन्डन’ ले डा. फुयाँललाई न्यूरो–इन्टरभेन्सनको क्षेत्रमा पुर्याएको अग्रणी योगदानको कदर गर्दै उक्त सम्मान प्रदान गरेको हो ।
डा. फुयाँललाई ‘पिनहोल’ प्रविधिमार्फत जीवनरक्षक शल्यचिकित्सा सेवामा उत्कृष्टता प्रदर्शन गरेबापत यो सम्मान प्रदान गरिएको हो । ‘वर्ल्ड बुक अफ रेकर्ड्स’ द्वारा आयोजित २०औँ अन्तर्राष्ट्रिय समिट तथा अवार्ड समारोह काठमाडौँको होटल याक एन्ड यतीस्थित रिगल बलरुममा सम्पन्न भएको थियो । विश्वभरका विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको उक्त समारोहमा उत्कृष्टता, नवीन आविष्कार र उपलब्धिहरूलाई सम्मान गरिएको थियो ।
सम्मान ग्रहण गर्दै डा. फुयाँले यो अवसरले नेपाली स्वास्थ्य क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन मद्दत पुगेकोमा खुसी व्यक्त गरे । उनले आगामी दिनमा अझ उत्कृष्ट र गुणस्तरीय सेवा प्रदान गर्न आफू प्रतिबद्ध रहने बताए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण