बिमस्टेकको वार्षिक उत्सवमा प्रधानमन्त्री बालेनले दिए शुभकामना
सारांश
- बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को २९औँ वार्षिकोत्सवको अवसरमा प्रधानमन्त्री बालेन्द्र शाह र परराष्ट्रमन्त्री शिशिर खनालले शुभकामना सन्देश जारी गरेका छन् ।
- प्रधानमन्त्री बालेनले बिमस्टेकलाई यस क्षेत्रको विविधता, जीवन्तता र साझा समृद्धिको मञ्चको रूपमा वर्णन गर्दै अर्थतन्त्र, यातायात, व्यापार र डिजिटल सञ्जाल विस्तारमा यसको भूमिकामा जोड दिएका छन् ।
- परराष्ट्रमन्त्री खनालले बिमस्टेकको निरन्तर प्रगतिको प्रशंसा गर्दै क्षेत्रीय सहयोग सुदृढ गर्न बिमस्टेक बडापत्रको महत्वमा जोड दिएका छन् ।
काठमाडौँ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को २९औँ वार्षिकोत्सवको अवसरमा प्रधानमन्त्री बालेन्द्र शाह र परराष्ट्रमन्त्री शिशिर खनालले बधाई तथा शुभकामना सन्देश जारी गरेका छन् ।
प्रधानमन्त्री बालेनले बिमस्टेक यस क्षेत्रको विविधता,जीवन्तता र साझा झल्काउने एक गतिलो मञ्च रहेको बताएका छन् । उनले अर्थतन्त्रको सामूहिक एकतालाई मजबुत बनाउन तथा यातायात, व्यापार र डिजिटल सञ्जाललाई विस्तार गर्न पनि यसले महत्त्वपूर्ण भूमिका खेलेको बताएका छन् ।
परराष्ट्र मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिअनुसार बिमस्टेकको दिगो शक्ति यसका जनतामा नै निहित रहेको कुरामा जोड दिँदै प्रधानमन्त्री बालेनले पर्यटन प्रवर्द्धन गर्न, युवा तथा उद्यमीहरूका लागि अवसर सिर्जना गर्न र जलवायु परिवर्तन तथा प्राकृतिक प्रकोपविरुद्ध लड्न सक्ने क्षमताको विकास गर्न थप प्रयास आवश्यक रहेको बताएका छन् ।
साथै, उनले विपतमा र आर्थिक समृद्धको क्षेत्रमा सदस्य राष्ट्रहरूसँग मिलेर काम गर्न नेपाल प्रतिबद्ध रहेको बताएका छन् । परराष्ट्रमन्त्री खनालले सन् १९९७ मा स्थापना भएदेखि बिमस्टेकले हासिल गरेको निरन्तर प्रगतिको प्रशंसा गर्दै क्षेत्रीय सहयोग सुदृढ गर्न बिमस्टेक बडापत्रको महत्वमा जोड दिएका छन् ।
उनले हालसम्मका उपलब्धिहरूलाई संस्थागत गर्न, साझेदारी सुदृढ गर्न र कार्यान्वयन क्षमता अभिवृद्धि गर्नुपर्ने आवश्यकतामा जोड दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२०२६ विश्वकपमा चम्किन तयार १२ किशोर खेलाडी
-
बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी
-
पश्चिम बंगालमा बुलेट ट्रेन परियोजना घोषणा
-
घानामा आलोचकहरूको बढ्दो गिरफ्तारी, अभिव्यक्ति स्वतन्त्रतामाथि चिन्ता
-
प्रधानमन्त्रीको बालेनको अभिव्यक्तिविरुद्ध श्रम संस्कृति पार्टीको प्रदर्शन
-
विश्वभरका साना जलाशयको क्षमता घट्दै : अध्ययन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण