दलित संघका अध्यक्ष विश्वकर्माले दिए पदबाट राजीनामा
सारांश
- नेपाल दलित संघका अध्यक्ष लोकबहादुर विश्वकर्माले पार्टी सभापति गगन थापालाई सम्बोधन गर्दै केन्द्रीय कार्यालय सानेपामा राजीनामा बुझाएका छन् ।
- पारिवारिक र शारीरिक समस्याका कारण अध्यक्षको जिम्मेवारी पूरा गर्न असमर्थ रहेको राजीनामा पत्रमा उल्लेख छ ।
- विश्वकर्मालाई २०८० असोज १३ गते पार्टी सभापति देउवाले संघको केन्द्रीय अध्यक्षमा नियुक्त गरेका थिए ।
काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल दलित संघका अध्यक्ष लोकबहादुर विश्वकर्माले पदबाट राजीनामा दिएका छन् । पार्टी सभापति गगन थापालाई सम्बोधन गर्दै अध्यक्ष विश्वकर्माले केन्द्रीय कार्यालय सानेपामा राजीनामा बुझाएका हुन् ।
पारिवारिक र शारीरिक समस्याका कारण अध्यक्षको जिम्मेवारी पूरा गर्न असमर्थ रहेको राजीनामा पत्रमा उल्लेख गरेका छन् । ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय अनुसार मलाई नेपाल दलित संघको केन्द्रीय अध्यक्ष पदमा नियुक्त गरी जिम्मेवारी प्रदान गर्नुभएकोमा तत्कालीन सभापतिज्यूप्रति आभार प्रकट गर्दछु। तर, मेरो व्यक्तिगत स्वास्थ्य र पारिवारिक कारणले गर्दा यो जिम्मेवारीबाट अलग हुन राजीनामा पेश गरेको छु।’
पदबाट राजीनामा दिए तापनि संघका अन्य गतिविधिहरूमा भने आफू सदैव सक्रिय रहने विश्वकर्माले राजीनामा पत्रमा लेखेका छन् । विश्वकर्मालाई २०८० असोज १३ गते पार्टी सभापति देउवाले संघको केन्द्रीय अध्यक्षमा नियुक्त गरेका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा मकवानपुरको सभापतिमा पाठक चयन
-
रास्वपा काठमाडौँको सभापतिमा राजा शाक्य निर्वाचित
-
रास्वपा धादिङको सभापतिमा राजन अर्याल निर्वाचित
-
नारायणगढ–बुटवल यात्रा अब २ घण्टामै, हट्यो हिलो र धुलोको सास्ती
-
राष्ट्रिय स्वतन्त्र पार्टी मोरङको सभापतिमा कँडेल र सचिवमा नेपाल निर्वाचित
-
रास्वपा हुम्ला सभापतिमा ऐडी सर्वसम्मत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण