बाह्रसिङ्गा ब्याडमिन्टनको उपाधि बम र बोहरालाई
कञ्चनपुर । यहाँको महेन्द्रनगरमा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय बाह्रसिङ्गा व्याडमिन्टन प्रतियोगिताको उपाधि धनगढीका राजेन्द्रबहादुर बम र राम बोहराको जोडीले जितेको छ ।
पश्चिमपाटीद्वारा आयोजित प्रतियोगिताको ‘बी लेभल’तर्फको फाइनल खेलमा भोजराज भट्ट र गणेश मिश्रको जोडीलाई पराजित गर्दै बम र बोहराको जोडीले ४४ हजार ४४४ रुपैँया नगद पुरस्कारका साथमा, ट्रफी/मेडलसहित उपाधि जितेको हो ।
त्यसैगरी उपविजेता भोजराज भट्ट र गणेश मिश्रको जोडीले नगद २२ हजार २२२ रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको प्रतियोगिता संयोजक शेरबहादुर सिंहले बताए । त्यसैगरी प्रतियोगिताको ‘बी लेभल’तर्फ कमलसिंह भाट र विवेक ऐर, जीवन खड्का र अमित शाहको जोडीले तृतीत स्थान हासिल गरे ।
उनीहरुले समान ११ हजार १११ रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । त्यसैगरी प्रतियोगितामा ४५ वर्ष उमेर समुह माथिको भेट्रानतर्फ धनगढीकै भोजराज भट्ट र वीरेन्द्रसिंह विष्टको जोडीले उपाधि जितेको छ ।
फाइनल खेलमा सुरेन्द्र कार्की र शैलेन्द्र श्रेष्ठको जोडीलाई पराजित गर्दै भट्ट र विष्टको जोडीले १५ हजार ५५५ रुपैयाँ नगद, ट्रफीसहित उपाधि जितेको हो ।
उपविजेता बनेको कार्की र श्रेष्ठको जोडीले सात हजार ५५५ रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा तेस्रो हुने प्रेम चन्द, पदम ठकुराठीको जोडी र सुरेन्द्रप्रसाद भट्ट, ईश्वरी दत्त भट्टको जोडीलाई पाँच हजार ५५५ रुपैयाँ नगद ट्रफी र प्रमाणपत्रसहित पुरस्कृत गरिएको छ ।
प्रतियोगिताको दुवै विधामा गरी ८० टिम सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
-
काठमाडौँ फनपार्कलाई २ लाख ५ हजार जरिवाना, ऐन विपरित व्यापार गर्ने ८ फर्म पनि कारबाहीमा
-
कर्णालीका उपसभामुखको निजी निवासमा चोरीको प्रयास, झ्याल ढोका तोडफोड
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण