ढुङ्गा प्रहार गरी हत्या प्रयास गर्ने दुई जना पक्राउ
सारांश
- संखुवासभाको खाँदबारीमा ढुङ्गा प्रहार गरी एक युवकलाई गम्भीर घाइते बनाएको घटनामा संलग्न दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
- खाँदबारी नगरपालिका वडा नं. ४ मा स्थानीय २८ वर्षीय यासिप्पा राईमाथि ढुङ्गा प्रहार भएको थियो।
- प्रहरीले दुई आरोपी विरुद्ध ज्यान मार्ने उद्योग कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको छ।
संखुवासभा । संखुवासभाको खाँदबारीमा एक युवकमाथि ढुङ्गा प्रहार गरी गम्भीर घाइते बनाएको घटनामा संलग्न दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
खाँदबारी नगरपालिका वडा नं. ४ स्थित कोले चोकमा २०८३ वैशाख १९ गते राति साढे ८ बजेतिर स्थानीय २८ वर्षीय यासिप्पा राईमाथि ढुङ्गा प्रहार भएको थियो।
रविन राईको जाहेरीका आधारमा अनुसन्धान अघि बढाएको प्रहरीले घटनाको भोलिपल्टै घटनामा संलग्न दुई आरोपितलाई खाँदबारी नगरपालिका वडा नं. १ बाट पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार पक्राउ परेका दुवै आरोपी विरुद्ध ज्यान मार्ने उद्योग कसुरमा मुद्दा दर्ता गरिएको छ।
प्रहरीले उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान गर्न संखुवासभा जिल्ला अदालतबाट पहिलो पटक पाँच दिनको म्याद थप अनुमति पाएको छ। घटनाको गम्भीरतालाई ध्यानमा राख्दै प्रहरीले थप कानुनी अनुसन्धान अगाडि बढाएको जानकारी जिल्ला प्रहरी कार्यालय संखुवासभाका सूचना अधिकारी प्रहरी निरीक्षक मेघराज अर्यालले दिएका छन्।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण