शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

बोलपत्रसम्बन्धी कागजात तयार गर्दा अध्यादेश बमोजिम गर्न अनुरोध

बुधबार, २३ वैशाख २०८३, १३ : २०
बुधबार, २३ वैशाख २०८३

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले बोलपत्रसम्बन्धी कागजात तयार गर्दा अध्यादेश बमोजिम परिमार्जन गरी खरिद सम्बन्धी काम कारबाही गर्न अनुरोध गरेको छ । बुधबार एक सूचना जारी गर्दै कार्यालयले सम्बन्धि सबै सार्वजनिक निकायहरुलाई सो आग्रह गरेको हो ।

कार्यालयले सार्वजजिक खरिद ऐन २०६३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी भई कार्यान्वयनमा आइसकेको स्मरण गराउँदै नमुना बोलपत्र सम्बन्धी कागजातहरु तयार भइरहेको समेत जनाएको छ ।

कार्यालयले नमुना बोलपत्र सम्बन्धी कागजातहरु तयार नभएसम्म अध्यादेश बमोजिम परिमार्जन गरी खरिद सम्बन्धी काम कारबाही गर्न अनुरोध गरेको हो । 

682900491_2007366146835640_7012717088587279216_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप