कञ्चनपुरमा ‘घरमै राहदानी’ पुर्याउने सेवा सुरु
बुधबार, २३ वैशाख २०८३, २१ : २३
कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सेवाग्राहीलाई सहजता प्रदान गर्ने उद्देश्यले ‘घरमै राहदानी’ पुर्याउने सेवा सुरु गरेको छ ।
सरकारको स्वीकृत १०० कार्यसूचीअन्तर्गत को बुँदा नं २७ मा उल्लेखित सरकारी सेवा घरमै उपलब्ध गराउने नीतिअनुसार यो सेवा कार्यान्वयनमा ल्याइएको हो । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज जारी गरेको सार्वजनिक सूचनाअनुसार हुलाक सेवालाई आधुनिकीकरण गरी ‘सरकारी कुरियर सेवा’ सञ्चालन गरेको छ ।
सो सेवा सुरु भएपछि सेवाग्राहीले राहदानी लिन कार्यालय धाउनुपर्ने झन्झटबाट मुक्ति पाउने भएका छन । जिल्ला प्रशासन कार्यालय र जिल्ला हुलाक कार्यालय कञ्चनपुरबीच राहदानी वितरण गर्नेसम्बन्धी सम्झौता भएको छ । सेवाग्राहीको मागअनुसार राहदानी सिधै घरमै पुर्याइने व्यवस्था गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भृकुटीमण्डपमा ‘फिन इलेक्ट्रो–टेक २०२६’ सुरु, अर्थमन्त्रीले गरे उद्घाटन
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
-
सम्बन्ध विच्छेदको मुद्दामा ‘किस इमोजी’ को चर्चा : लद्दाख उच्च अदालतद्वारा महिलाको निवेदन खारेज
-
महेन्द्र राजमार्गको चन्द्रौटा–कोहलपुर खण्ड चार लेनमा स्तरोन्नति गरिँदै
-
भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति पौडेल
-
महाराजगन्ज–धोबीखोला सडक खण्डमा ज्याकारान्डा रोपण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण