आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

खोटाङमा विभिन्न घटनामा परेर २ जनाको मृत्यु

बिहीबार, २४ वैशाख २०८३, १२ : ४५
बिहीबार, २४ वैशाख २०८३

खोटाङ । करेन्ट लागेर र भीरबाट लडेर खोटाङमा एकै दिन दुई जनाको मृत्यु भएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेका ४३ वर्षीय आनन्द राईको करेन्ट लागेर र हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका ४५ वर्षीय सुनिल कार्कीको भीरबाट लडेर मृत्यु भएको हो ।

गाउँमा विस्तार गरिएको विद्युत् अवरुद्ध भएपछि पुनःसञ्चालन गर्नका लागि ट्रान्सफर्मरको फ्युज फेर्न पोलमा चढेको समयमा करेन्ट लाग्दा आनन्दको बुधबार साँझ घटनास्थलमै मृत्यु भएको बतासेका वडाध्यक्ष बबेन्द्र राईले जानकारी दिएका छन् ।

महादेवस्थानका कार्कीको बाढीले अवरुद्ध गरेको खानेपानीको मुहान सफा गर्न जाँदा भीरबाट लडेर मृत्यु भएको महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप