युद्धमा भारतले हाम्रो १०–१५ प्रतिशत शक्ति मात्र देख्यो: पाकिस्तानी सेना
सारांश
- गत वर्ष भारतसँग भएको युद्धमा पाकिस्तानी सेनाले आफ्नो कुल सैन्य शक्तिको १० देखि १५ प्रतिशत मात्र प्रयोग भएको दाबी गरेको छ ।
- पाकिस्तानी सेनाले भारतलाई परम्परागत वा अपरम्परागत जुनसुकै कारबाहीको पूर्ण शक्तिले जवाफ दिने चेतावनी दिएको छ ।
- भारतले पाकिस्तानको सीमापार आतंकवादलाई सरकारी नीतिको हतियारको रूपमा प्रयोग गरेको आरोप लगाएको छ ।
काठमाडौँ। पाकिस्तानी सेनाले गत वर्ष भारतसँग भएको युद्धमा आफ्नो कुल सैन्य शक्तिको सानो हिस्सा मात्र प्रयोग भएको दाबी गरेको छ । पाकिस्तान सेनाको मिडिया र जनसम्पर्क विभागका महानिर्देशक अहमद शरीफ चौधरीले यस्तो बताएका हुन् ।
बीबीसी उर्दूका अनुसार डीजी अहमद शरीफ चौधरीले भने, ‘गत वर्ष भएको लडाइँमा भारतले जे देख्यो, त्यो हाम्रो कुल शक्तिको १० देखि १५ प्रतिशत मात्र थियो । हामी तब पनि तयार थियौँ र अहिले पनि तयार छौँ ।’ कसैलाई शंका भएमा आफूहरूले शक्तिको उदाहरण प्रस्तुत गरिसकेको भन्दै उनले आउँदो अगस्ट १४ मा हुने भव्य परेडमा सैन्य शक्तिको थप एउटा सानो नमुना देखाइने बताए ।
पाकिस्तानी सैन्य प्रवक्ताले भारतलाई सन्देश दिँदै थप्नुभयो, ‘तपाईँ जे चाहनुहुन्छ गर्नुहोस्, चाहे त्यो परम्परागत होस् वा अपरम्परागत, हामी यहाँ दृढताका साथ उभिएका छौँ र पूर्ण शक्तिले जवाफ दिनेछौँ । यो युद्ध जमिन, हावा, समुद्र, साइबर स्पेस र मस्तिष्कमा पनि छ । हामी पाकिस्तानको रक्षाका लागि जुनसुकै मूल्य चुकाउन तयार छौँ ।’
‘अपरेसन सिन्दूर’ मा भारतको प्रतिक्रिया
अर्कोतर्फ, भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले बिहीबार मिडिया ब्रिफिङका क्रममा ‘अपरेसन सिन्दूर’ को प्रसङ्ग उठाउँदै पाकिस्तानको आलोचना गरेका छन् । ‘अपरेसन सिन्दूर’ को पहिलो वार्षिकोत्सव मनाउँदै गर्दा प्रवक्ता जायसवालले पहलगाम आतंककारी हमलाको वास्तविक रूप सारा संसारले देखेको उल्लेख गरे ।
प्रवक्ता जायसवालले भने, ‘सीमा पार आतंकवादलाई प्रश्रय दिएकोमा हामीले पाकिस्तानलाई जवाफ दिएका छौँ । पाकिस्तानले लामो समयदेखि सीमा पार आतंकवादलाई आफ्नो सरकारी नीतिको एक हतियारको रूपमा प्रयोग गर्दै आएको कुरा विश्वलाई थाहा छ ।’
भारतले आतंकवादका विरुद्ध आफ्नो रक्षा गर्ने पूर्ण अधिकार राख्ने बताउँदै उनले आतंकवाद विरुद्धको वैश्विक लडाइँलाई अझ मजबुत बनाउन भारतले निरन्तर काम गरिरहने स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण