९ दिनदेखि हराइरहेकी महिला मृत फेला
शुक्रबार, २५ वैशाख २०८३, १७ : ३७
तेह्रथुम । जिल्लास्थित म्याङलुङ नगरपालिका-९ साब्ला कोप्चेकी एक महिला मृत अवस्थामा फेला परेकी छिन् । यही वैशाख १६ गतेदेखि हराइरहेकी ५३ वर्षीय दिलमाया तुम्बाहाङ्फे लिम्बू आज मृतावस्थामा भेटिएकी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मण ओलीले बताए ।
सम्पर्कविहीन भएदेखि परिवार, आफन्त, छरछिमेक र प्रहरीले दिलमायाको खोजी कार्यजारी राखेका थिए । सो क्रममा बुधबार बिहान म्याङलुङ-९ स्थित कोप्चे र पाटीगाउँको सिमानामा पर्ने खोल्सामा लिम्बूको शव भेटिएको श्रीमान् धनबहादुर तुम्बाहाङ्फे लिम्बूले बताए ।
शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक ओलीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
विद्यार्थीलाई पानी बोक्नैकै चिन्ता
-
तरकारी खेतीबाट बराहक्षेत्रका किसान आत्मनिर्भर
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
‘नेतृत्व विकास र मङ्गलादेवी सिंह’ वक्तृत्वकलाको उपाधि अधिकारीलाई
-
कठिन भूगोल छिचोल्दै पदमार्ग निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण