थालापति विजयले मुख्यमन्त्रीको शपथ लिँदै
आइतबार, २७ वैशाख २०८३, ०८ : ०७
सारांश
- राजनीतिमा प्रवेश गरेका तमिल अभिनेता थालापति विजय तमिलनाडुको मुख्यमन्त्री नियुक्त भएका छन्।
- उनको नेतृत्वको तमिलगा वेत्री कजगमले बहुमत जुटाएपछि राज्यपाल राजेन्द्र अर्लेकरले विजयलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।
- विजयको दुई वर्ष पुरानो पार्टीले आफ्नो पहिलो विधानसभा चुनावमै ऐतिहासिक सफलता हासिल गर्दै कुल २३४ सिटमध्ये १०८ सिट जितेको थियो।
तमिलनाडु । रंगमन्च हुँदै राजनीतिमा प्रवेश गरेका तमिल अभिनेता थालापति विजय तमिलनाडुको मुख्यमन्त्री नियुक्त भएका छन्। उनी नेतृत्वको तमिलगा वेत्री कजगमले बहुमत जुटाएपछि राज्यपाल राजेन्द्र अर्लेकरले विजयलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।
उनको शपथ ग्रहण आज बिहान १० बजे चेन्नईस्थित नेहरु स्टेडियममा हुने तय भएको छ। उक्त शपथ ग्रहण समारोहमा भारतीय कांग्रेसका सांसद राहुल गान्धी पनि सहभागी हुने कार्यक्रम रहेको छ।
विजयको दुई वर्ष पुरानो पार्टीले आफ्नो पहिलो विधानसभा चुनावमै ऐतिहासिक सफलता हासिल गरेको थियो । कुल २३४ सिटमध्ये टिभिकेले एक्लै १०८ सिट जितेरको थियो । सहयोगी दलहरूको समर्थनपछि विजयसँग १२१ विधायकको साथ छ, जबकि बहुमतका लागि ११८ सिट आवश्यक पर्दछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समूह ‘के’ बाट कोलम्बिया, पोर्चुगल र डीआर कङ्गो अन्तिम ३२ मा
-
डीआर कङ्गोले रच्यो इतिहास, पहिलोपटक विश्वकपकाे नकआउट चरणमा
-
गोलरहित बराबरीसँगै कोलम्बिया र पोर्चुगल नकआउट चरणमा
-
डीआर कङ्गोका चर्चित फुटबल समर्थकलाई अमेरिकी भिसा अस्वीकृत
-
कङ्गोको पुनरागमन, उज्बेकिस्तानविरुद्ध २–१ को अग्रता
-
नेपालबाट भारततर्फ तस्करी हुँदै गरेको २ किलो अफिमसहित दुई नेपाली र एक भारतीय पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण