कलाकार सङ्घको अध्यक्षमा उत्तम र सविन भिड्दै, अरू क–कसले दिए उम्मेदवारी ?
सारांश
- नेपाल चलचित्र कलाकार सङ्घको अध्यक्ष पदका लागि उत्तम केसी र सविन श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् ।
- उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र सह-कोषाध्यक्ष पदका लागि पनि उम्मेदवारी दर्ता भएको छ ।
- सदस्य पदका लागि २८ जना कलाकारले उम्मेदवारी दिएका छन् ।
काठमाडौँ । नेपाल चलचित्र कलाकार सङ्घमा चुनावी माहौल तातेको छ । जेठ ३ गते हुने सङ्घको महाधिवेशनका लागि शनिबार उम्मेदवारी दर्ता भएको छ । जसमा अध्यक्ष पदका लागि वरिष्ठ कलाकार उत्तम केसी र अभिनेता सविन श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै, उपाध्यक्ष पदका लागि उद्धवप्रसाद भट्टराई, डिलबहादुर तामाङ, पनाह अधिकारी, पुजना प्रधान, राजेन्द्र बस्नेत तथा शिवहरि नेपालले उम्मेदवार दिएका छन् । महासचिव पदमा रामेश्वर बर्माकोटी र सुनिल कटवालको उम्मेदवारी परेको छ भने सचिव पदमा गोपाल ढकाल र पल्पसा डंगोलले उम्मेदवारी दिएका छन् ।
त्यसैगरी, कोषाध्यक्ष पदमा तेजकुमारी खतिवडा, पवित्रा आचार्य तथा रञ्जना खड्का प्रतिस्पर्धामा छन् । सह–कोषाध्यक्ष पदमा पवन केसी र शारदा नेपालको उम्मेदवारी परेको छ ।
सदस्यका लागि २८ जना कलाकारले उम्मेदवारी दिएका छन् । जसमा अनुमति नेपाली, अशोक धिताल, इन्द्रबहादुर लामा (खम्बे), कोशिश क्षेत्री (पराजुली), गोकुल सुवेदी, चन्द्रकला दाहाल (मोनिका), चन्द्रकला राई (लब्ली संगम), छुल्ठिम डोल्मा गुरुङ, जीवन थापा, दमन रुपाखेती, दावा फिन्जो तामाङ, धनबहादुर तामाङ, नम्रता खरेल, नम्रता योगी, नवीनकुमार श्रेष्ठ, प्रेम पाण्डे (पुण्य प्रसाद), मञ्जुदेवी तुलाधार, रश्मीला भट्ट (कार्की), राजेन्द्र गोसाई, लक्ष्मण चौलागार्ईं (खिन्ते काक), विनोदकुमार भट्टराई, श्रीदेव भट्टराई, सरिता राजोपाध्याय, सामना सिटौला, सुपा खनाल, सुमन सागरजंग केसी, सूर्यमान शंकर (सुलेमान) तथा हरि चन्द्र फुयाँललगायत रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण