कम्युनिस्टहरूको बिचमा एकताको आवश्यकता बढेको छ : प्रचण्ड
सारांश
- नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सच्चा कम्युनिस्टहरू बिच एकताको आवश्यकता बढेको बताएका छन् ।
- उनले अन्तर्राष्ट्रिय रूपमा पनि ठुलठुला बहस, विवाद, विभाजन र एकताको शृङ्खला चल्दै आएको बताए ।
- प्रचण्डले देशमा साम्राज्यवादीहरूको हस्तक्षेप बढ्दै गएको र राष्ट्रिय रूपमा देश अप्ठ्यारो अवस्थामा पुगेको बताए ।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सच्चा कम्युनिस्टहरू बिच एकताको आवश्यकता बढेको बताएका छन् । २६औँ निर्मल लामा स्मृति सभालाई आइतबार काठमाडौँमा सम्बोधन गर्दै संयोजक प्रचण्डले यस्तो बताएका हुन् ।
उनले अन्तर्राष्ट्रिय रूपमा पनि कम्युनिस्ट आन्दोलन ठुलठुला बहस, विभाजन र एकता हुँदै अघि बढेको बताए ।
‘अन्तर्राष्ट्रिय रूपमा पनि ठुलठुला बहस, विवाद, विभाजन र एकताको शृङ्खला चल्दै आएको छ’, प्रचण्डले भने, ‘सच्चा कम्युनिस्टहरूको बिचमा एकता अहिले झन् विशेष रूपमा बढेको छ ।’
उनले देशमा साम्राज्यवादीहरूको हस्तक्षेप बढ्दै गएको र राष्ट्रिय रूपमा देश अप्ठ्यारो अवस्थामा पुगेको बताए । उनले गत निर्वाचनमा कम्युनिस्टहरूलाई सखाप पार्ने रणनीति अन्तर्गत भएका खेलहरू अझै सतहमा आइनसकेको बताए । ‘के के भएका थिए पर्दाभित्र । अनुसन्धान हुँदै जाला’,उनले भने । प्रचण्डले कम्युनिस्टहरूलाई सखाप पार्न देशी विदेशी लागिपरेको दाबी समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण