बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
बोलपत्र प्रणाली ह्याक

पूर्वमन्त्री विक्रम पाण्डेको बयान : मेरो कम्पनीको तर्फबाट बोलपत्र संशोधन भएको छैन

आइतबार, २७ वैशाख २०८३, १६ : ४३
आइतबार, २७ वैशाख २०८३

सारांश

  • सार्वजनिक खरिद अनुगमन कार्यालयको वेबसाइटमा अनधिकृत पहुँच गरी ठेक्काको विवरण हेरफेर गरेको आरोपमा पूर्वमन्त्री विक्रम पाण्डेसहित २२ जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ ।
  • अनुसन्धानमा पाण्डेको कम्पनीको तर्फबाट पुलको ठेक्कामा बोलपत्र संशोधन भएको निष्कर्ष निकालिएको छ, तर पाण्डेले भने कम्पनीको तर्फबाट कुनै बोलपत्र संशोधन नभएको दाबी गरेका छन् ।
  • पाण्डेले ठेक्का वैज्ञानिक तरिकाले प्राप्त हुने र आफ्नो कम्पनीले ठेक्का नपाएकोले यसमा आफ्नो नाम जोडिनुमा अनभिज्ञता व्यक्त गरेका छन् ।

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयको बोलपत्र डटकम डट एनपी नामको वेबसाइटमा अनधिकृत पहुँच बनाएर ठेक्काको विवरण हेरफेर गरेको आरोपमा पक्राउ परेका पूर्वमन्त्री विक्रम पाण्डेविरुद्ध अदालतमा मुद्दा दायर गरिएको छ । काठमाडौँ जिल्ला अदालतमा दायर मुद्दामा पाण्डेसहित २२ जनालाई प्रतिवादी कायम गरिएको छ ।

महेन्द्र राजमार्गस्थित बकैया नदीको पुलको ठेक्कामा पाण्डेको कम्पनीको तर्फबाट बोलपत्र संशोधन गरिएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । तर, पाण्डेले सो ठेक्का हाराहारी ६७ करोड निर्धारण गरेर बिडिङ गरेको तर, कम्पनीको तर्फबाट कुनै कागजात दिएर बोलपत्र संशोधन नगरेको जिकिर गरेका छन् । अनुसन्धान अधिकृत र सरकारी वकिलसँगको बयानमा पाण्डेले भनेका छन्, ‘मलाई याद भएसम्म यस ठेक्कामा कम्पनीको तर्फबाट कुनै छुट दिई बोलपत्र संशोधन भएको छैन र यो ठेक्का मेरो कम्पनीलाई प्राप्त भएको पनि छैन ।’

ठेक्काको रेट कम गराउँदैमा ठेक्का प्राप्त नहुने उनले बताएका छन् । ठेक्का वैज्ञानिक तरिकाले प्राप्त हुने हुनाले त्यसमा आफ्नो नाम जोडिएकोमा पाण्डेले अनभिज्ञता व्यक्त गरेका छन् । कालिका कन्स्ट्रक्सनको तर्फबाट पीपीएमओको वेबसाइटमा पहुँच राखेको विषय आफूलाई जानकारी नभएको उनले बयानमा दाबी गरेका छन् ।

कुनै आपराधिक समूहले आफ्नो कम्पनीको नाम बदनाम गराउन यस्तो गरेको हुनसक्ने पाण्डेले जिकिर गरेका छन् । 

Bikram 1 (2083)Bikram 2 (2083)Bikram 3 (2083)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप