नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?
सारांश
- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सरकार निरङ्कुशतातर्फ उन्मुख भएको भन्दै त्यसको जवाफ माग गरेको छ ।
- नेकपाका प्रमुख सचेतक युवराज दुलालले सुकुमवासी बस्तीमा डोजर चलाउने र संवैधानिक परिषदमार्फत प्रधानन्यायाधीश सिफारिस गर्ने सरकारी कार्यशैली लोकतन्त्रविपरित भएको बताए ।
- दुलालले सरकारले नागरिकलाई आत्महत्या गर्न बाध्य पारेको र यसमा सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने भनी प्रश्न गरेका छन् ।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सरकार निरङ्कुशतातर्फ उन्मुख भएको भन्दै त्यसको जवाफ माग गरेको छ ।
सोमबार बसेको प्रतिनिधिसभाको पहिलो बैठकको शून्य समयमा बोल्दै संसदीय दलका प्रमुख सचेतक युवराज दुलालले सुकुमवासी बस्तीमा डोजर लगाउने, संवैधानिक परिषदमार्फत प्रधानन्यायाधीश सिफारिस लगायतमा सरकारी कार्यशैली लोकतन्त्रविपरित भएको भन्दै सरकारको जवाफ माग गरेका हुन् ।
‘सरकारले नागरिकलाई आत्महत्या गर्न बाध्य बनाएको छ । डोजर आतङ्क देखाइएको छ । इन्द्रबहादुर राईले आत्महत्या गर्दा सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?’, दुलालको प्रश्न छ । उनले रुल अफ ल को नारा दिएर बनेको सरकारले रुल बाहिर गएर सत्ता चलाइरहेको भन्दै यो लोकतन्त्रको उन्नततर्फको पाइला हो वा निरंकुशतातर्फ गएको हो भन्दै प्रश्न गरे ।
उनले प्रधानन्यायाधीश सिफारिसतर्फ सङ्केत गर्दै संवैधानिक परिषदमा उपस्थित भएका अन्य सदस्यहरूको मतको कुनै औचित्य वा सहमतिको औचित्य लोकतन्त्रमा हुँदैन भन्दै संवैधानिक अदालतलाई चुनौती दिनेगरी निर्णय भएको भन्दै आफ्नो दलले जवाफ मागेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पनौतीमा आजदेखि हिले–जात्रा (ज्याःपुन्ही)
-
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुवात
-
सिरुटार र बालकोटलाई गरियो बालमैत्री स्थानीय शासनयुक्त घोषणा
-
१० बजे १० समाचार : ओलीले पठाए आयोगमा पत्र, रास्वपाको प्रस्तावविरुद्ध आन्दोलनको तयारी
-
अफगानिस्तान केन्द्रबिन्दु भएर ६.२ म्याग्निच्युडको भूकम्प, कश्मीरदेखि दिल्लीसम्म धक्का
-
कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण