नेपाल टेलिकमको फाइवर इन्टरनेट टावरमा तोडफोड
सोमबार, २८ वैशाख २०८३, १६ : ५८
बाजुरा । जिल्लाको बुढीगङ्गा नगरपालिकामा रहेको नेपाल टेलिकमको फाइवर इन्टरनेट टावरमा तोडफोड गरिएको छ ।
नेपाल टेलिकम बाजुराका प्रमुख ईश्वर सिंहले सोही नगरपालिका–६ बाम्का नजिकै बनाइएको टावरमा गएराति अज्ञात समूहलले तोडफोड गरेको जानकारी दिए । टावरका तार चुडाएको र तोडफोड गरिएकाले सेवा अवरुद्ध भएको उनले बताए ।
निमित्त प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनीले टावर तोडफोडबारे जानकारी प्राप्त भएको र संलग्न व्यक्तिको खोजीका लागि प्रहरीलाई निर्देशन दिइएको बताए । सोहीअनुसार तोडफोड गर्ने व्यक्ति तथा समूहको खोजीका लागि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी निरीक्षक नरेशबहादुर शाहीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण