मुख्यमन्त्री यादवले आगामी शुक्रबार विश्वासको मत लिने
जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले आगामी शुक्रबा र(जेठ १ गते) विश्वासको मत लिने भएका छन्।
साेमबार जनकपुरधाममा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले आगामी जेठ १ गते विश्वासको मत लिने गरी प्रदेश प्रमुखको कार्यालयमा सिफारिस गर्ने निर्णय भएको मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले जानकारी दिए।
पाँच दलको समर्थनमा मुख्यमन्त्री बनेका नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद यादवलाई दिएको समर्थन एक दल अर्थात् जनमत पार्टीका संसदीय दलका नेता चन्दनकुमार सिंहले फिर्ता लिएपछि ३० दिन भित्रमा मुख्यमन्त्रीले विश्वासको मत दिनुपर्ने संवैधानिक प्रावधानअनुसार जेठ १ गते विश्वासको मत लिन लागेका हुन्।
मधेस प्रदेशसभामा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल, नेपाली कम्युनिष्ट पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका बीचमा गठबन्धन कायम राख्ने हिजो चारै दलको बैठकले सहमति गरेपछि मन्त्रिपरिषद्को बैठकले जेठ १ गते विश्वासको मत लिने निर्णय गरेको छ।
मधेस प्रदेशसभामा नेपाली कांग्रेसका २२, जनता समाजवादी पार्टीका १७, नेपाली कम्युनिष्ट पार्टीका १५ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका आठ जना प्रदेशसभा सदस्य छन् । चार दलकोबिचमा गठबन्धन कायम रहेको खण्डमा वर्तमान मुख्यमन्त्रीको पक्षमा ६२ जनाको समर्थन देखिने छ। रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खनाल र जयशंकारबिच भेटवार्ताः कनेक्टिभिटी, ऊर्जा र आर्थिक रूपान्तरणमा प्रतिबद्धता
-
ट्युनिसियाको पोस्टमा बेल्जियमको गोल वर्षा
-
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबिच भेटवार्ता
-
आज राति १५ वर्षपछि भेट्दै छन् चिली र पोर्चुगल
-
दैलेखमा अतिक्रमित संरचना शीघ्र हटाउने विषयमा जुट्यो सहमति
-
रास्वपा सुनसरीको अधिवेशनमा हात हालाहाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण