शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कञ्चनपुरमा फार्मेसी पढिरहेका विद्यार्थी मृत फेला

मङ्गलबार, २९ वैशाख २०८३, २० : १९
मङ्गलबार, २९ वैशाख २०८३

धनगढी । कञ्चनपुरमा एक विद्यार्थी झुण्डिएको अवस्थामा फेला परेका छन् । 

सोमबार साँझ ६ बजे भीमदत्त नगरपालिका–१८ भगतपुरमा रहेको साथीको कोठामा दार्चुला मार्मा गाउँपालिका–३ का १७ वर्षीय आयुषसिंह धामी मृत भेटिएका हुन् । 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) हेमबहादुर शाहीका अनुसार धामी महेन्द्रनगरमा बहिनीसँग बसेर फारवेस्ट स्कुल अफ मेडिसियनमा फार्मेसी पढिरहेका थिए । 

घटनापछि प्रहरीले आफन्तलाई महेन्द्रनगर बोलाएको थियो । मंगलबार उनको पोस्टमार्टम, घटनास्थलको मुचुल्काको काम पूरा भएको डीएसपी शाहीले जानकारी दिए । आफन्तले शव शव बुझिसकेका छन् । मृतकका परिवारले ज्यानसम्बन्धी कसुर, झुण्डी आत्महत्या अपराधसम्बन्धी जाहेरी दिएका छन् ।

घटनास्थलमा प्रहरीले सुसाइड नोट पनि फेला पारी त्यसका आधारमा अनुसन्धान गरिरहेको जनाएको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप