महेन्द्र राजमार्गको अतिक्रमण हटाउन १५ दिने अल्टिमेटम
काठमाडौँ । सडक डिभिजन कार्यालय महेन्द्रनगरले महेन्द्र राजमार्गको चिसापानी–अत्तरिया–गड्डाचौकी सडक खण्डमा भएको अतिक्रमण हटाउन १५ दिने अन्तिम चेतावनी दिएको छ । बुधबार एक सूचना प्रकाशित गर्दै कार्यालयले सडक सीमाभित्र रहेका अवैध संरचनाहरू हटाउन निर्देशन दिएको हो।
सडक डिभिजनका अनुसार राजमार्गको केन्द्रबिन्दुबाट दायाँ र बायाँ २५–२५ मिटर सडक सीमा कायम गरिएको छ । उक्त क्षेत्रभित्र सडक विभागको स्वीकृति बिना बनाइएका स्थायी वा अस्थायी घर, टहरा, पसल र अन्य संरचनाहरू यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र अनिवार्य रूपमा हटाउन भनिएको छ ।
सार्वजनिक सडक ऐन, २०३१ अनुसार सूचनामा सडक सीमाभित्र स्थायी वा अस्थायी घर टहरा निर्माण गर्न, निर्माण सामग्री वा अन्य माल वस्तु बिक्रीका लागि राख्न निषेध गरिएको छ । यस्तै, नाली पुरे प्रवेशमार्ग बनाउने वा सडक संरचना भत्काउने, ढल तथा पानी सडक किनाराको नालामा मिसाउने, यातायात सञ्चालन र सडक प्रयोगकर्तालाई अवरोध पुग्ने कुनै पनि कार्य गर्ने गर्न निषेध भएको जनाएको छ ।
तोकिएको १५ दिनको समयावधिभित्र अतिक्रमण नहटाएमा सडक डिभिजन कार्यालयले सार्वजनिक सडक ऐन, २०३१ को दफा १९ को उपदफा ९३० बमोजिम आफैँले ती संरचनाहरू भत्काउने चेतावनी दिएको छ ।
यसरी संरचना हटाउँदा लाग्ने सम्पूर्ण खर्च समेत सम्बन्धित व्यक्ति वा संस्थाबाटै असुल उपर गरिने ब्यहोरा सूचनामा स्पष्ट पारिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
-
काठमाडौँ फनपार्कलाई २ लाख ५ हजार जरिवाना, ऐन विपरित व्यापार गर्ने ८ फर्म पनि कारबाहीमा
-
कर्णालीका उपसभामुखको निजी निवासमा चोरीको प्रयास, झ्याल ढोका तोडफोड
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण