अपडेट
नेपाल आयल निगमका कार्यकारी निर्देशक भट्टले दिए राजीनामा
बुधबार, ३० वैशाख २०८३, १७ : ००
सारांश
- नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिका भट्टले बुधबार आफ्नो पदबाट राजीनामा दिएका छन् ।
- राजनीतिक नियुक्ति खारेज गर्ने सरकारी प्रक्रियाको बीचमा भट्टले आफैँ राजीनामा दिएका हुन् ।
- भट्ट यसअघि २०७० मा पनि कार्यकारी निर्देशक भइसकेका थिए र उनको कार्यकालमा स्वचालित मूल्य प्रणाली सुरु भएको थियो ।
काठमाडौँ । नेपाल आयल निगमका कार्यकारी निर्देशक डा.चण्डिका भट्टले राजीनामा दिएका छन् । बुधबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई राजीनामा पत्र बुझाएको मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले रातोपाटीलाई जानकारी दिए ।
सरकारले ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ मार्फत ठुलो सङ्ख्यामा राजनीतिक नियुक्तिहरू खारेज गर्ने प्रक्रिया अघि बढाएको छ । सबै राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरे पनि आयल निगमको नेतृत्व त्यसमा नपरेको भए पनि भट्टले आफैँ राजीनामा दिएर सरकारलाई मार्ग प्रशस्त गरेका हुन् ।
भट्टलाई २०८० फागुन ६ गतेको मन्त्रीपरिषद्ले नियुक्त गरेको थियो। त्यसअघि २०७० मा पनि कार्यकारी निर्देशक भएर काम गरेका थिए । उनको कार्यकालमा २०७१ असोज १३ गते आयल निगमले स्वचालित मूल्य प्रणाली सुरु गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण