धनगढीमा अतिक्रमित सार्वजनिक जग्गा खाली गराउन ७ दिने अल्टिमेटम, नहटाए चल्नेछ डोजर
धनगढी । धनगढी उपमहानगरपालिकाले सार्वजनिक जग्गा संरक्षण गर्ने अभियानलाई फेरि तीव्रता दिएको छ । उपमहानगरपालिकाले वडा नम्बर ८ स्थित सेतो पुल नजिकै सरकारी जग्गा अतिक्रमण गरी बनाइएका अवैध संरचना हटाउन ७ दिने सार्वजनिक सूचना जारी गरेको छ ।
उपमहानगरपालिकाको कार्यालयले बुधवार एक सूचना जारी गर्दै वडा नं. ८ को मुख्य सडक क्षेत्रमा पर्ने कित्ता नम्बर ६५ को १३,६४५.२५ वर्गमिटर जग्गा (साविक त्रिनगर २ क को कित्ता नं. २३२ र २३४) मा नेपाल सरकारको अनुमति विना भौतिक संरचना निर्माण गरिएको जनाएको छ ।
प्रमुख प्रशासकीय अधिकृत जनकराज भट्टद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, ‘उक्त स्थानमा रहेका अतिक्रमित संरचनाहरू यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिन भित्र आफै हटाउन सूचित गरिन्छ ।’
तोकिएको समयभित्र अवैध संरचना नहटाएमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा प्रचलित कानुन अनुसार डोजर चलाएर संरचना भत्काइने र कानुन बमोजिम कारबाही गरिने चेतावनी समेत उपमहानगरले दिएको छ ।
धनगढी उपमहानगरपालिकाले यसअघि पनि नगर क्षेत्रभित्र मिचिएका विभिन्न सार्वजनिक जग्गा, सडक किनारा र ताल तलैयाहरू खाली गराइसकेको छ । मेयर गोपाल हमालको नेतृत्वमा सुरु भएको यो अतिक्रमण हटाउने अभियानलाई नगरबासीले सकारात्मक रूपमा लिँदै आएका छन्।
यस विषयमा आवश्यक समन्वय र सुरक्षाका लागि जिल्ला प्रशासन कार्यालय कैलाली, वडा कार्यालय र नगर प्रहरी बललाई समेत बोधार्थ पठाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण