बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

खेल सङ्घहरूलाई राखेपको चेतावनी : असार १५ भित्र नवीकरण नगरे कारबाही हुने

बिहीबार, ३१ वैशाख २०८३, १३ : ४४
बिहीबार, ३१ वैशाख २०८३

सारांश

  • राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले असार १५ गतेसम्म राष्ट्रिय खेल सङ्घ तथा महासङ्घहरूलाई नवीकरण गर्न अन्तिम समय सीमा दिएको छ।
  • ऐन र नियमावली बमोजिमको प्रक्रिया पूरा नगर्ने सङ्घहरूलाई राखेपले निर्देशन जारी गरेको हो।
  • तोकिएको समयभित्र नवीकरण नगरे सङ्घहरूलाई खारेजी वा अन्य कानुनी कारबाही गरिने चेतावनी दिइएको छ।

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले दर्ता रहेका राष्ट्रिय खेल सङ्घ तथा महासङ्घहरूलाई आगामी असार १५ गतेभित्र अनिवार्य रूपमा नवीकरण गर्न अन्तिम समय सीमा (अल्टिमेटम) दिएको छ।

राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ र नियमावली, २०७९ बमोजिमको प्रक्रिया पूरा नगर्ने सङ्घहरूलाई परिषद्ले निर्देशन जारी गरेको हो। 

पटक–पटक सूचना जारी गर्दा पनि धेरैजसो सङ्घहरूले आफ्नो साङ्गठनिक संरचना निर्माण, आवधिक निर्वाचन र नवीकरण जस्ता कानुनी दायित्व पूरा नगरेपछि राखेपले यो कदम चालेको जनाइएको छ । 

राखेपद्वारा बिहीबार प्रकाशित सूचनामा ऐनको दफा २२, २३, २४ र २८ को प्रक्रिया पूरा गरेका सङ्घहरूले राष्ट्रिय खेलकुद विकास नियमावली (दोस्रो संशोधन, २०८२) अनुरूप २०८३ असार १५ गतेभित्र नवीकरण गरिसक्नुपर्नेछ।

तोकिएको समयभित्र नवीकरण प्रक्रिया पूरा नगर्ने सङ्घहरूलाई प्रचलित कानुन बमोजिम खारेजी वा अन्य कानुनी कारबाही गरिने चेतावनी समेत परिषद्ले दिएको छ। 

690636149_1216830267061350_4953213675266885951_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप