जुम्लाका ८ जना जुवाडे वीरेन्द्रनगरबाट पक्राउ, ९५ हजार नगद बरामद
सुर्खेत । सुर्खेत प्रहरीले राजधानी वीरेन्द्रनगरबाट नगद र ताससहित ८ जना जुवाडेलाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा जुम्लाको सिंजा क्षेत्र घर भएका र हाल वीरेन्द्रनगरमा बस्दै आएका ४२ वर्षीय मन बहादुर बुढा, ४४ वर्षीय लक्ष्मण रोकाय, ३० वर्षीय लाल बहादुर बुढा ३४ वर्षीय लंक बहादुर बुढा, ४५ वर्षीय गम्भीर रावत, ३० वर्षीय विष्णु बुढा रहेका छन् ।
यस्तै, ३१ वर्षीय हरिबहादुर रोकाय र वीरेन्द्रनगर नगरपालिका–७ घर भएका घरबेटी ३८ वर्षीय जनक रोकाय पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाले बताए ।
उनका अनुसार, वीरेन्द्रनगर नगरपालिका–७, फूलबारी टोलस्थित जनको घरमा हारजित हुने गरी उनीहरूले जुवा खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा त्यहाँ प्रहरीले छापा हानेको थियो ।
कर्णाली प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले गएराति जुवाको खालबाट ९५ हजार १६६ रुपैयाँ नगद, ६ गड्डी तास र ९ थान मोबाइल बरामद गरेको बुढ्थापाले बताए ।
पक्राउ परेका सबैलाई नियन्त्रणमा लिएर जुवा सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान अगाडि बढाइएको उनले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश र स्थानीय तहलाई काम गर्ने वातावरण बनाउनुपर्छ : अध्यक्ष दाहाल
-
कानुन निर्माणमा तीन तहका सरकारबिच सहकार्य हुनुपर्छ : सभामुख अर्याल
-
लेबनानमा इजरायली आक्रमण : मृत्यु हुनेकाे संख्या ५ पुग्याे
-
नायरा बनर्जीको बोल्ड अवतार, फ्यानहरुले भने– 'इन्टरनेटमा आगो लगाइन्'
-
अण्डाकार चित्र
-
सडक सञ्जालमा जोडियो अपिहिमाल गाउँपालिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण