यूएई र रुसका राष्ट्रपतिबिच मध्यपूर्वको अवस्थाबारे टेलिफोन वार्ता
यूएई । संयुक्त अरब इमिरेट्सका राष्ट्रपति शेख मोहम्मद बिन जायेद अल नाहयान र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबिच मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो अवस्थाबारे टेलिफोन संवाद भएको छ । दुवै नेताले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामा पर्न सक्ने प्रभावबारे गम्भीर छलफल गरेकाे बताइएको छ ।
संयुक्त अरब इमिरेट्सको सरकारी समाचार संस्थाका अनुसार दुई नेताले विशेषगरी मध्यपूर्वको परिस्थितिले समुद्री मार्गको स्वतन्त्रता, ऊर्जा सुरक्षा तथा विश्व अर्थतन्त्रमा पार्न सक्ने असरबारे विचार आदानप्रदान गरेका थिए ।
वार्ताका क्रममा दुवै देशबिचको द्विपक्षीय सहयोग तथा रणनीतिक साझेदारीलाई अझ सुदृढ बनाउने विषयमा पनि छलफल भएको जनाइएको छ । दुवै नेताले आपसी सहकार्यलाई आगामी दिनमा थप विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको समाचारमा उल्लेख छ ।
यसैबिच, राष्ट्रपति पुटिनले रुस र युक्रेनबिच कैदी आदानप्रदान गराउन संयुक्त अरब इमिरेट्सले गर्दै आएको मध्यस्थता प्रयासको प्रशंसा गरेका छन् । उनले उक्त पहललाई मानवीय दृष्टिकोणबाट अत्यन्त महत्वपूर्ण रहेको बताएका समाचार संस्थाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव
-
सरकारले भन्याे– आइतबारको बिदा खारेज गर्न लागिएको होइन
-
किमाथाङ्कामा शुक्रबारदेखि इन्टरनेट सेवा बन्द
-
सरकारमाथि निगरानी गर्दै कांग्रेस, अब मन्त्रालयगत संयोजक सक्रिय
-
बहिर्गमनको चर्चाबारे पत्रकारले प्रश्न गरेपछि स्वास्थ्यमन्त्री मेहताले के भनिन् ?
-
'शिक्षा र स्वास्थ्यमा कर लगाउने नीति सैद्धान्तिक रूपमा गलत छ, यसले महँगी बढाउँछ'
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण