जडीबुटी प्रशोधन प्लान्ट अलपत्र
सारांश
- लाखौँका जडीबुटी प्रशोधन प्लान्ट बजार अभावले अलपत्र परेका छन्।
- किसानले जडीबुटी खेती छाडेपछि प्लान्ट प्रयोगविहीन भएका छन्।
- भरपर्दो बजार व्यवस्थापन भए किसान खेती गर्न इच्छुक छन्।
कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा स्थानीय बासिन्दाको आयआर्जन बढाउने उद्देश्यले दातृ निकायको सहयोगमा जडान गरिएका लाखौँ रुपैयाँ मूल्यका जडीबुटी प्रशोधन प्लान्ट बजार अभावका कारण अलपत्र परेका छन् । मध्यवर्ती क्षेत्रका किसानले जडीबुटी खेती गर्न छाडेपछि लाखौँ मूल्य पर्ने प्लान्ट अलपत्र अवस्थामा रहेका हुन् ।
शुक्लाफाँटा नगरपालिका–६ को कसरौल, वडा नं. ७ जुडा र वडा नं ८ बेलडाँडीमा स्थापना गरिएका जडीबुटी प्रशोधन प्लान्ट सञ्चालनविहीन अवस्थामा रहेका छन् । मानव–वन्यजन्तु द्वन्द्व कम गर्दै निकुञ्ज आसपासका बासिन्दालाई वैकल्पिक आयआर्जनमा जोड्ने उद्देश्यले जडीबुटी खेती प्रवर्द्धन गरी प्लान्ट जडान गरिएको थियो । प्लान्ट राख्ने टहरासँगै दातृ निकायले जडीबुटी सुकाउने सेड हाउससमेत निर्माण गरेका थिए । सेड हाउससमेत जीर्ण अवस्थामा छन् ।
मध्यवर्ती क्षेत्रको सुनदेवी उपभोक्ता समूहका अध्यक्ष भरतबहादुर विष्टका अनुसार वन्यजन्तुले नोक्सान नगर्ने भएकाले क्यामामाइल, मेन्थालगायत जडीबुटी खेतीलाई प्रोत्साहन गरिएको थियो । “स्थानीयले प्रशोधन गरी तेल उत्पादन गरेर राम्रो आम्दानी गर्न थालेका थिए”, उनले भने ।
उनका अनुसार, सुरुआती वर्षमा किसानले उत्पादित क्यामामाइल र मेन्था तेल प्रतिलिटर रु २५ हजारदेखि रु ४० हजारसम्ममा बिक्री गरेका थिए । व्यापारी घरमै आएर नगदमा तेल खरिद गर्न थालेपछि किसान उत्साहित हुँदै खेती विस्तारमा लागेका थिए ।
त्यसपछि बजार मूल्य लगातार घट्दै गयो । व्यापारीले प्रतिलिटर रु १० हजार र पछि पाँच हजार रुपैयाँसम्म दिन बाध्य बनाए । “तेस्रो वर्षमा त तेल किन्ने व्यापारी नै भेटिन छाडे”, स्थानीय किसान जनक साउदले भने, “लागतसमेत नउठ्ने अवस्था आएपछि खेती छाड्न बाध्य भयौँ ।”
किसानका अनुसार प्रशोधित तेल एक वर्षसम्म घरमै थन्क्याएर राख्नुपरेको थियो । “एकपटक नेपालगन्ज पुर्याएर निकै सस्तो मूल्यमा बेचेर फर्किनुपर्यो”, किसान जयबहादुर ऐरले भने । बजार व्यवस्थापन नहुँदा किसानले जडीबुटी खेती छाडेपछि करिब लाखौँ मूल्यका प्रशोधन प्लान्ट प्रयोगविहीन बनेका छन् । स्थानीय किसानका अनुसार एउटै प्रशोधन प्लान्टको मूल्य रु सात बढी पर्ने गर्दछ । भरपर्दो बजार व्यवस्थापन र मूल्य सुनिश्चित हुने हो भने मध्यवर्ती क्षेत्रका किसान अझै पनि जडीबुटी खेती गर्न इच्छुक छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण