चितवनमा थारु संस्कृति संरक्षण र प्रवर्द्धन विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न
सारांश
- चितवनको पटिहानीमा थारु संस्कृति संरक्षण र प्रवर्द्धन विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।
- कार्यक्रममा ११ वटा थारु सांस्कृतिक समूहहरूले मौलिक एवं लोपोन्मुख कला प्रदर्शन गरेका थिए, जसमा माँगर-कुम्भिया समूह प्रथम भयो।
- कार्यक्रममा घैलानाच, लाठीनाच, झुमरी जस्ता थारु समुदायका ऐतिहासिक एवं मौलिक विधाहरू प्रस्तुत गरिनुका साथै वडा अध्यक्ष र साहित्यकारहरूले संरक्षणमा जोड दिए।
चितवन । भरतपुर महानगरपालिका वडा नं. २२, पटिहानीमा थारु संस्कृतिको जगेर्ना र प्रवर्द्धन गर्ने उद्देश्यका साथ ‘थारु संस्कृति संरक्षण र प्रवर्द्धन विशेष सांस्कृतिक कार्यक्रम’ सम्पन्न भएको छ । साहित्य सङ्गम चितवनको आयोजना र थारु कल्याणकारिणी सभा क्षेत्र नं. ५ बेलोध प्रगन्नाको सह–आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो ।
बागमती प्रदेश सरकार, संस्कृति तथा पर्यटन मन्त्रालय, पर्यटन कार्यालय सौराहाको प्रायोजनमा आयोजित उक्त कार्यक्रममा चितवनका प्रतिष्ठित स्रष्टाहरू र स्थानीय संस्कृतिप्रेमीहरूको वाक्लो उपस्थिति रहेको थियो । भरतपुर–२२ स्थित थारु कल्याणकारिणी सभाको हलमा आयोजित प्रतियोगितामा एघारवटा थारु सांस्कृतिक समूहहरूले आफ्नो मौलिक एवं लोपोन्मुख कला प्रदर्शन गरेका थिए ।
प्रतियोगितामा सहभागी समूहहरूमध्ये माँगर–कुम्भिया समूहले प्रथम स्थान हासिल गरी १० हजार रुपैयाँ नगद प्राप्त गर्यो । त्यसैगरी झुमरी–पटिहानी बजार समूह द्वितीय हुँदै ७ हजार र विरुहनी–पुल्लर समूह तृतीय बन्दै ५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्न सफल भए । सहभागी अन्य सातवटा समूहलाई जनही ३ हजार रुपैयाँका दरले नगद र सम्मान–पत्र प्रदान गरिएको थियो । विजयीहरूलाई वडा अध्यक्ष विष्णुराज महतो, साहित्य सङ्गमका अध्यक्ष शशिकिरण रेग्मी र कार्यक्रम संयोजक प्रकाश चापागाईँले संयुक्त रूपमा पुरस्कार वितरण गरेका थिए ।

कार्यक्रममा घैलानाच, लाठीनाच, झुमरी, विरुहनी, ठेकरा, वदवा, माँगर, झम्टा, एमोसा, जीतवहान र डाँफुनाच जस्ता थारु समुदायका ऐतिहासिक एवं मौलिक विधाहरू प्रस्तुत गरिएका थिए ।

सो अवसरमा बोल्दै वडा अध्यक्ष विष्णुराज महतोले थारु जातिको ऐतिहासिक महत्त्वमाथि प्रकाश पारे भने स्थानीय हेमराज महतोले लोपोन्मुख थारु संस्कृतिको संरक्षणमा जोड दिए। कार्यक्रम संयोजक प्रकाश चापागाईँले यस्ता कार्यक्रमले हराउँदै गएका संस्कृतिलाई पुनर्जीवन दिने र पर्यटन प्रबर्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
शुभकामना मन्तव्य राख्ने क्रममा पर्यटन कार्यालय सौराहाका प्रमुख प्रेम ढकाल, महानगर प्रज्ञा–प्रतिष्ठानका अध्यक्ष प्रा.डा. नारायणप्रसाद खनाल र अग्रज साहित्यकार केदारनाथ खनालले थारु कला–संस्कृतिको संरक्षणमा राज्य र स्थानीय समुदाय दुवै उत्तिकै जिम्मेवार हुनुपर्ने धारणा राखे ।

प्रतियोगिताको निर्णायकको भूमिका चन्द्रमणि महतो, भजुमनराम महतो र सन्तराम महतोले निर्वाह गरेका थियो भने थारु कल्याणकारिणी सभाका अध्यक्ष रामनारायण महतोले कार्यक्रमको समन्वय गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
-
काठमाडौँ फनपार्कलाई २ लाख ५ हजार जरिवाना, ऐन विपरित व्यापार गर्ने ८ फर्म पनि कारबाहीमा
-
कर्णालीका उपसभामुखको निजी निवासमा चोरीको प्रयास, झ्याल ढोका तोडफोड
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण