विपद् जोखिम न्यूनीकरणका लागि समुदायस्तरको सचेतना र पूर्वतयारीमा मुख्यमन्त्री पाण्डेको जोड
सारांश
- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नदी तथा ताल क्षेत्रमा हुने सम्भावित दुर्घटना न्यूनीकरणका लागि समुदाय स्तरमा नियमित सचेतना र पूर्वतयारी आवश्यक रहेको बताएका छन् ।
- उनले विपद्को समयमा हुने मानवीय र भौतिक क्षति कम गर्न पूर्वसूचना प्रणाली, प्रभावकारी समन्वय र नियमित अभ्यासले महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे ।
- पर्यटकीय क्षेत्रमा हुने सम्भावित दुर्घटनाहरू रोक्न र नागरिकको जिउधनको सुरक्षा सुनिश्चित गर्न सुरक्षा निकायहरूको तत्परता र उद्धार क्षमता अभिवृद्धि हुनुपर्नेमा उनले जोड दिए ।
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नदी तथा ताल क्षेत्रमा हुने सम्भावित दुर्घटना न्यूनीकरणका लागि समुदाय स्तरमा नियमित सचेतना र पूर्वतयारी आवश्यक रहेको बताएका छन् । जिल्ला प्रशासन कार्यालय कास्की र सुरक्षा निकायहरूको संयुक्त आयोजनामा पोखरामा सम्पन्न कृत्रिम उद्धार अभ्यास कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले यस्तो धारणा राखेका हुन्।
उनले विपद्को समयमा हुने मानवीय र भौतिक क्षति कम गर्न पूर्वसूचना प्रणाली, प्रभावकारी समन्वय र नियमित अभ्यासले महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे । यस्ता जोखिमलाई मध्यनजर गर्दै प्रदेश सरकारले विपद् व्यवस्थापन र न्यूनीकरणका कार्यक्रमहरूलाई प्राथमिकतामा राखेको उनले स्पष्ट पारे ।
नेपालको पर्यटकीय राजधानी पोखरा तालैतालको सहरका रूपमा परिचित रहेको स्मरण गराउँदै मुख्यमन्त्रीले यहाँका तालहरूले पर्यटन र आर्थिक गतिविधिमा ठुलो योगदान पुर्याएको बताए। साथै पर्यटकीय क्षेत्रमा हुने सम्भावित दुर्घटनाहरू रोक्न र नागरिकको जिउधनको सुरक्षा सुनिश्चित गर्न सुरक्षा निकायहरूको तत्परता र उद्धार क्षमता अभिवृद्धि हुनुपर्नेमा उनले जोड दिए ।
मुख्यमन्त्री पाण्डेले भने, ‘गण्डकी प्रदेश प्राकृतिक रूपमा जति सुन्दर छ, भौगोलिक बनावटका कारण त्यति नै संवेदनशील पनि छ । विविध भूगोल, नदी र तालतलैयाका कारण यहाँ बर्सेनि बाढी, पहिरो, डुबान र हावाहुरी जस्ता प्राकृतिक प्रकोपको जोखिम बढ्दो छ ।’
सम्भावित विपद्को समयमा तत्काल उद्धार कार्यमा खटिने सुरक्षा निकाय र सरोकारवालाहरूको मनोबल उच्च बनाउन यस्ता कृत्रिम अभ्यासहरू प्रभावकारी हुने उनको विश्वास छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण