एमाले राजधानी प्रदेश कमिटी बैठक, विद्यालाई स्वागत
काठमाडौँ । नेकपा एमाले राजधानी प्रदेश कमिटीको तेस्रो बैठक आइतबार सम्पन्न भएको छ । बैठकले राजधानी प्रदेश कमिटीमा थप ४० सदस्य मनोनयन गर्नुका साथै सचिवालय बिस्तार गरेको छ ।
त्यस्तै प्रदेशमा पार्टी सदस्यता विस्तार र नवीकरण तथा स्थानीय तह निर्वाचन लक्षित जनतामाझ पार्टी पुग्ने र सक्रिय अन्तरसंवादहरू गर्ने योजना बैठकले पारित गरेको छ ।
बैठकले वर्तमान सरकार निरङ्कुश सर्वसत्तावादी नवफासिवादी शैलीमा अघि बढिरहेको र जनताका लोकतान्त्रिक अधिकारहरूमाथि अङ्कुश लगाउने कार्य गरेको भन्दै सुकुमबासीहरूलाई बिचल्ली पार्ने बालेन सरकारको कार्यशैली भत्सर्नायाेग्य रहेको निष्कर्ष निकालेको छ ।
बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने सचिवालयको बैठकको निर्णयको स्वागत गरेको छ । बैठकमा बोल्दै एमाले सचिव तथा इन्चार्ज डा. राजन भट्टराईले राजधानी प्रदेश कमिटीले पार्टी सदस्यता नवीकरण तथा जनतासँग निकट रहेर समुदाय तहमा भेला, अन्तरक्रिया आयोजना गर्ने, युवा नेतृत्व विकास गर्न आवश्यक योजना बनाइ कार्यान्वयन गर्न जिम्मेवारी तोकेरै अघि बढ्न निर्देशन दिएका छन् ।
राजधानी प्रदेश कमिटी अन्तरगत काठमाडाैँ, ललितपुर, भक्तपुर र गैर भूगोलका ४ वटा विशेष जिल्ला कमिटीहरू छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रिट्ज–कार्लटन र वेस्टिन नेपाल भित्रिनु देशको पर्यटनका लागि विश्वव्यापी सन्देश हो : विनोद चौधरी
-
ईभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव
-
सरकारले भन्याे– आइतबारको बिदा खारेज गर्न लागिएको होइन
-
किमाथाङ्कामा शुक्रबारदेखि इन्टरनेट सेवा बन्द
-
सरकारमाथि निगरानी गर्दै कांग्रेस, अब मन्त्रालयगत संयोजक सक्रिय
-
बहिर्गमनको चर्चाबारे पत्रकारले प्रश्न गरेपछि स्वास्थ्यमन्त्री मेहताले के भनिन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण