गुडिरहेको स्कुल बसबाट खसेर सह–चालकको मृत्यु
काठमाडौँ । उदयपुरको कटारी नगरपालिकामा सोमबार बिहान गुडिरहेको स्कुल बसबाट खस्दा एक सह–चालकको मृत्यु भएको छ ।
कटारी नगरपालिका–२ गिद्वबरस्थित भित्री सडकखण्डमा सौगात एकेडेमी बोर्डिङ स्कुलको लु.प्र.०१–००१ ख ०९८५ नम्बरको स्कुल बस विद्यार्थी लिन बेलसोततर्फ जाँदै गरेको अवस्थामा सह–चालक अचानक बसबाट खसेका थिए।
दुर्घटनामा परी कटारी नगरपालिका–२ निवासी अन्दाजी ३१ वर्षीय उत्तम थापा गम्भीर घाइते भएका थिए । उनको शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ। घाइते थापालाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल कटारी लगिएको भए पनि उपचारकै क्रममा बिहान ९ः५५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
घटनापछि बस र बस चालक कटारी नगरपालिका–२ निवासी ४८ वर्षीय छत्रबहादुर कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
मृतकको शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी प्रादेशिक अस्पताल कटारीको शवगृहमा राखिएको प्रहरीले जानकारी दिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधनको बहस र राजनीतिक सहमतिको औचित्य
-
राष्ट्रिय पशुपन्छी अधिकार दिवस मनाइयो (तस्बिरहरु)
-
विभिन्न स्थानबाट लागूऔषधसहित २३ जना पक्राउ
-
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
-
पोखरा बसपार्क निर्माणका लागि स्थानीय आफैँले हटाउन सुरु गरे संरचना (तस्बिरसहित)
-
बलियो संघीयताको माग गर्दै जनमतले माइतीघरमा प्रदर्शन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण