कति छ कर्णाली सरकारसँग सम्पत्ति ?
सुर्खेत। कर्णाली प्रदेश सरकार स्थापना भएको ८ वर्ष पुरा भइसकेको छ । यो अवधिमा कर्णाली प्रदेश सरकारले आफ्नो सम्पत्ति खासै जोड्न सकेको देखिँदैन।
विवरण अनुसार कर्णाली प्रदेश सरकारसँग कुल ५ अर्ब १ करोड ४६ लाख ८७ हजार रुपैयाँ बराबरको स्थिर सम्पत्ति रहेको छ।
महालेखा परीक्षकको कार्यालयको ८ औँ प्रतिवेदन अनुसार, सम्पत्तिको सबैभन्दा ठुलो हिस मेसिनरी उपकरणको रहेको छ। कर्णाली सरकारसँग ४ अर्ब २४ करोड ९३ लाख रुपैयाँका मेसिनरी उपकरण सरकारसँग छन् ।
यस्तै, भवन तथा संरचनातर्फ ७ करोड ३६ लाख २७ हजार र अन्य स्थिर सम्पत्तितर्फ ५० करोड ७३ लाख ७३ हजार बराबरको सम्पत्ति रहेको छ।
यस्तै १८ करोड ३९ लाख ९६ हजार बराबरको प्राकृतिक सम्पत्ति र ३ लाख ३९ हजार बराबरको बहुमूल्य बस्तु रहेको महालेखालाई उपलब्ध गराएको विवरणमा उल्लेख छ ।
खुलासा गरेको सम्पत्तिमध्ये ०८२ भदाै २३ र २४ मा भएको आन्दोलनको क्रममा नष्ट भएको सम्पत्तिको हिसाब मिलान हुन बाँकी रहेको उल्लेख छ।
साथै, महालेखाले सम्पत्तिको अवस्था र स्वामित्व खुल्ने गरी अभिलेख अद्यावधिक नभएको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
धादिङका किसानलाई अफसिजनको सयपत्री फूल निखार्न भ्याइनभ्याइ (तस्बिरहरू)
-
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
-
आर्थिक विधेयकको त्रुटि : घटेको २० पेजमा के-के विषय सच्याइयो ?
-
ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण