शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

रुखको हाँगा ट्याक्टरमा खस्दा एक जनाको मृत्यु

सोमबार, ११ जेठ २०८३, २१ : ५३
सोमबार, ११ जेठ २०८३

 बारा । बाराको निजगढमा आज साँझ आएको हुरीले रुखको हाँगा ट्याक्टरमा खस्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा निजगढ नगरपालिका–४ का ५५ वर्षीय देवबहादुर अर्याल रहेका छन् ।

भीषण हुरी चलिरहेका बेला सिँगौलबाट निजगढतर्फ आउँदै गरेको ना७त ५१५० नम्बरको ट्याक्टरमाथि रुखको हाँगा भाँचिएर खसेको थियो । घटनामा अर्याल गम्भीर घाइते भएका थिए ।

उनलाई तत्कालै निजगढस्थित सामुदायिक अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिए । घटनामा ट्याक्टरमै सवार नुवाकोट सूर्यगढी नगरपालिका–१ लज्याङ घर भई हाल निजगढ–५ बागदेव बस्ने ३२ वर्षीय कृष्ण घलान घाइते भएका छन् ।

ट्याक्टर चालक निजगढ नगरपालिका–४ पुरानो टोलका ५० बुद्धमान बल भने सकुशल रहेका प्रहरीले जनाएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप