नेपालमा दिपलको ‘स्मार्ट लक्जरी’ इभी एस०५ प्लस सार्वजनिक, मूल्य ५३ लाख ९९ हजार
काठमाडौं । नेपालका लागि दिपल इभीको आधिकारिक वितरक एमएडब्लु वृद्धिले आफ्नो नयाँ र बहुप्रतिक्षित मोडल ‘२०२६ दिपल एस०५ प्लस’ को विक्री सुरु गरेको छ ।
पर्फर्मेन्स, डिजाइन, प्रविधि र सुरक्षालाई प्राथमिकतामा राखेर निर्माण गरिएको यो प्रिमियम इलेक्ट्रिक एसयुभीले नेपाली बजारमा नयाँ तरंग ल्याउने अपेक्षा गरिएको छ ।
नयाँ एस०५ प्लसमा रियर ह्विल ड्राइभ प्रणाली रहेको छ, जसले गर्दा यो आफ्नो सेग्मेन्टमा सबैभन्दा बढी पर्फर्मेन्सकेन्द्रित इभी बनेको छ । यसमा जडित ९९ किलोवाटको मोटरले ३२० एनएमको टर्क उत्पन्न गर्छ । यो गाडीले एक पटकको फुल चार्जमा ४०५ किलोमिटरको रेन्ज दिने कम्पनीले जनाएको छ ।
यसको अर्को मुख्य विशेषता भनेको फास्ट चार्जिङ क्षमता हो । यसले १५१.५ किलोवाट सम्मको डीसी फास्ट चार्जिङ सपोर्ट गर्छ, जसले गर्दा मात्र १५ मिनेटमा ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सम्भव हुन्छ । यो क्षमता यस सेग्मेन्टका गाडीहरूमा हालसम्मकै सबैभन्दा तीव्र भएको दाबी गरिएको छ ।
विश्वविख्यात ‘आईएफ डिजाइन अवार्ड २०२५’ बाट सम्मानित यो एसयुभीको लुक्स निकै आकर्षक र आधुनिक छ । यसमा सिग्नेचर फ्रेमलेस डोर (ढोका) र फ्लस ह्यान्डलहरू रहेका छन्, जसले यसलाई लक्जरी लुक प्रदान गर्दछ ।
गाडीको भित्री भाग (इन्टेरियर) मा १५.४ इन्चको फुल एचडी टचस्क्रिन, सोनीका ८ वटा प्रिमियम स्पिकर, वायरलेस एप्पल कारप्ले तथा एन्ड्रोइड अटो र ६४ रङका एम्बायन्ट लाइटिङ जस्ता सुविधाहरू छन् ।
दिपल एस०५ प्लसमा सेग्मेन्टमै पहिलो पटक ‘रिमोट इन एन्ड आउट सिस्टम’ प्रयोग गरिएको छ, जसको मद्दतले स्मार्ट पार्किङ गर्न सकिन्छ । सामान राख्नका लागि यसमा १५९ लिटरको फ्रंक (अगाडिको डिकी) उपलब्ध छ । साथै, गाडीमा ४जी र ५जी कनेक्टिभिटी छ, जसले चालकलाई सधैं इन्टरनेटको पहुँचमा राख्छ । यसमा ६ किलोवाटको भेहिकल टु लोड सुविधा पनि छ, जसबाट गाडीको ब्याट्री प्रयोग गरेर अन्य विद्युतीय उपकरणहरू चलाउन सकिन्छ ।
सुरक्षाको सवालमा दिपलले कुनै सम्झौता गरेको छैन । यस मोडलले विश्वविख्यात ‘युरो एनक्याप’ बाट ५ स्टार सेफ्टी रेटिङ प्राप्त गरेको छ । अत्याधुनिक सुरक्षा सुविधाहरू र ग्यारेन्टीसहितको सुरक्षा रेटिङले चालक र यात्रु दुवैलाई ढुक्क बनाउने कम्पनीको भनाइ छ ।
एमएडब्लु वृद्धिका अनुसार २०२६ दिपल एस०५ प्लस नेपाली बजारमा ५३ लाख ९९ हजार रुपैयाँमा उपलब्ध छ । पर्फर्मेन्स, डिजाइन र सुरक्षामा सम्झौता गर्न नचाहने र आधुनिक प्रविधि खोज्ने ग्राहकहरूका लागि यो गाडी एउटा उत्कृष्ट विकल्पको रूपमा रहने कम्पनीले विश्वास लिएको छ । हाल यो गाडी बुकिंग र खरिदका लागि देशका प्रमुख शोरुमहरूमा उपलब्ध भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण